Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११


२२, जेठ २०८१
  • 121
    SHARES
  • नेदरल्याण्ड्सविरुद्ध नेपालको सम्भावित प्लेइङ–११

    अमेरिका । नेपालले आईसीसी टी–२० विश्वकप २०२४ मा मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।

    खेल नेपाली समय अनुसार राति अमेरिकाको डालसमा ९ : १५ मा ग्राड प्रेरी क्रिकेट रंगशालामा सुरु हुनेछ । नेपाल नेदरल्याण्ड्सलाई हराउँदै शानदार सुरुवात गर्न चाहन्छ ।

    विश्वकप हुँदा नेपालले आफ्नो उत्कृष्ट प्लेइङ–११ मैदान उतार्नेछ । कप्तान रोहित पौडेल र प्रशिक्षक मोन्टी देशाईलाई आफ्नो प्लेइङ ११ निर्धारण गर्न खासै कठिन हुनेछैन । किनभने पछिल्लो एक वर्षमा नेपालले आफ्नो उत्कृष्ट प्लेइङ ११ पत्ता लगाउन सम्भावित सबै परीक्षण गरेको छ ।

    तयारी खेलमा क्यानडाविरुद्ध खेलबाट नेपालको टोलीमा एक परिवर्तन पक्का छ । घाइते दीपेन्द्रसिंह ऐरी क्यानडासँग खेल खेलेका थिएनन् । तर दीपेन्द्र फिट भइसकेका छन् । दीपेन्द्र टोलीमा फर्किदा अनिल साह र सन्दीप जोरामध्ये एक जना बाहिर रहनेछन् ।

    टोली सन्तुलन मिलाउन सन्दीप जोरा बाहिर हुने देखिन्छ । सन्दीप जोरा मध्यक्रममा खेल्दै आएका छन् । दीपेन्द्र टोलीमा फर्किदा मध्यक्रममा सन्दीपको स्थान कठिन देखिन्छ । किनभने पाँचौं नम्बरमा दीपेन्द्रले खेल्नेछन् । त्यसपछि कुशल मल्ल र गुल्सन झा हुनेछन् ।

    अर्कोतर्फ नेपालका ओपनर कुशल भुर्तेल र आसिफ शेखले पछिल्लो समय राम्रो गर्न सकेका छैनन् । खराब लयबाट उम्किन संघर्ष गरेका छन् । अनिलले पछिल्ला अभ्यास खेलमा राम्रो गरेका छन् । ओपनरको खराब लय हुँदा तेस्रो नम्बरमा अनिल खेल्ने देखिन्छ ।

    क्यानडासँग अभ्यास र त्यसअघि ह्युस्टन हरिकेन्ससँग अनिलले दुई अभ्यास खेलमा तेस्रो नम्बरमा खेल्दै राम्रो प्रभाव छाडेका थिए ।

    विकेटकिपर समेत हुँदा उनी किपिङमा आसिफको विकल्प हुनेछन् । त्यसैले अनिलले प्लेइङ ११ मा स्थान बनाउने सम्भावना देखिन्छ ।

    नेपालसँग अर्को दुविधा सागर ढकाल र ललित राजवंशीमध्ये एक स्पिनर खेलाउनेमा हुनसक्छ । पहिलो रोजाइ र अनुभवी हुँदा ललितका साथ जाने देखिन्छ ।

    तीव्र गतिका बलर प्रतिश जिसी र कमलसिंह ऐरी बेञ्चमा बस्ने निश्चितजस्तै देखिन्छ । किनभने तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी र अभिनाश बोहरा पहिलो खेलमा हुने देखिन्छ । पार्टटाइममा गुल्सन झा हुनेछन् । सोमपाल र करण पहिलो रोजाइ तथा अनुभवी बलर हुन् ।

    अभिनाश डेथ ओभरमा नेपालको एक्लो विकल्प हुन् । त्यसैले पहिलो खेलमा प्रतिश र कमलको सम्भावना देखिदैन । स्पिनरमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्ल पनि प्रमुख बलरको भूमिकामा हुनेछन् । पार्टटाइममा कुशल भुर्तेल र रोहित पौडेल हुनेछन् ।

    आसिफ शेख र अनिल साहबाहेक अन्य सबै खेलाडी बलिङ गर्न सक्छन् । तीव्र गतिमा चार विकल्पका साथ मैदान उत्रने सम्भावना छ । स्पिनरमा परिस्थिति अनुसार ४–५ खेलाडी नेपालसँग विकल्प हुनेछ ।

    ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाउनु पर्छ । त्यसपछि अनिल र रोहित हुनेछन् । यी दुई ब्याटर टोलीको आवश्यकता अनुसार आक्रामक र संयमित दुबै खेल्न सक्छन् । रोहितले ठूलो इनिङ खेल्नुपर्छ ।

    त्यसपछि कुशल मल्ल, गुल्सन झा र करण केसीको भूमिका क्लिन हीट हुनेछ । खराब प्रदर्शन हुँदा सोमपाल माथिल्लो क्रममा पनि आउन सक्छन् । नेपाली ब्याटरले जिम्मेवारी र कमजोर बललाई ठूलो सट भने खेल्नुपर्छ ।

    नेपालको सम्भावित प्लेइङ–११

    कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), अनिलकुमार साह, रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा र ललित नारायण राजवंशी ।

    सम्भावित बेञ्च :

    प्रतिश जिसी, कमलसिंह ऐरी, सन्दीप जोरा र सागर ढकाल ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend