Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी–२० विश्वकप क्रिकेट : भारत र आयरल्यान्ड भिडदैँ


२३, जेठ २०८१
  • 207
    SHARES
  • टी–२० विश्वकप क्रिकेट : भारत र आयरल्यान्ड भिडदैँ

    काठमाण्डौ – टी–२० विश्वकप क्रिकेटमा आज भारत र आयरल्यान्ड भिडदैँ छन् ।

    खेल न्यूयोर्कमा नेपाली समयअनुसार बेलुका सवा ८ बजे शुरु हुनेछ । समूह ‘ए’ मा रहेका भारत र आयरल्यान्डले आफ्नो पहिलो खेल खेल्न लागेका हुन् ।

    समूह ‘ए’ मा आयोजक अमेरिकासहित क्यानडा, भारत, आयरल्यान्ड र पाकिस्तान रहेका छन् । यो समूह अन्तर्गत आयोजक अमेरिकाले उद्घाटन खेलमा क्यानडालाई ७ विकेटले हराउँदै विजयी शुरुवात गरेको छ ।

    जुन २ तारिखदेखि शुरु भएको टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ । इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो ।

    गएराति इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल भने वर्षाका कारण नतिजा विहीन भएको छ । इङ्ग्ल्यान्डले सन् २०१० र २०२२ मा तथा वेस्ट इन्डिजले २०१२ र २०१६ मा गरि दुई पटक टी–२० विश्वकपको उपाधि जितेका छन् ।

    त्यस्तै भारत, अस्ट्रेलिया, श्रीलङ्का र पाकिस्तानले एकरएक पटक टी–२० विश्वकप जितेका छन् । भारतले पहिलो संस्करण २००७ मा उपाधि जितेको थियो ।

    त्यस्तै अस्ट्रेलियाले २०२१ मा, श्रीलङ्काले २०१४ मा र पाकिस्तानले २००९ मा उपाधि जितेको थियो । गएराति भएको विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा नेपाल भने नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend