Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रेसाजन्य वस्तुबाट आकर्षक सामग्री तयार


२३, जेठ २०८१
  • 217
    SHARES
  • रेसाजन्य वस्तुबाट आकर्षक सामग्री तयार

    पाल्पा । गाउँघरमा प्रशस्त मात्रामा पाइने मकैका खोस्टा, वनजङ्गलमा पाइने थाकललगायत प्रयोगमा ल्याउन नजान्दा त्यत्तिकै खेर गइरहेका हुन्छन् ।

    मकैको खोस्टा र थाकलको पातबाट आकर्षक किसिमका विभिन्न सामग्री तयार पार्न सकिन्छ भन्ने पाल्पा रामपुरका महिला उदाहरणिय बनेका छन् । यहाँका महिलाले वनजङ्गलमा खेर गइरहेको थाकलको पात, मकैको खोष्टालाई सङ्कलन गरी आकर्षक सामग्री तयार पारेका छन् ।

    रामपुर नगरपालिकाको सहयोगमा एक महिनासम्म प्राकृतिक रेसाजन्य वनस्पतिको पोस्करबाट हस्तकलाका विभिन्न सामग्री उत्पादनसम्बन्धी ज्ञान, सीप पाएपछि महिला टोपी, झोलालगायत सामग्री उत्पादन गर्न सक्ने भएका छन् ।

    “सीप र ज्ञान नहुँदा गाउँमा पाइने वस्तुको उपयोगमा ल्याउन सकिएको थिएन, अब हातमा सीप भएपछि आफूलाई आवश्यक पर्ने विभिन्न सामग्री तयार पार्न सक्ने भएका छौँ”, सुमन खाम्चा मगरले भने ।

    “हाम्रा गाउँघरका जङ्गलमा थाकल, मकैका खोष्टा प्रशस्तै हुन्छन्, सामग्री खरिदमा खर्च गर्नु पर्दैन, यसलाई सदुपयोग गर्न नजान्दा यत्रतत्र त्यत्तिकै खेर जान्थ्यो, अब भने सीप भएपछि घर सजावटका लागि विभिन्न आकर्षक सामग्री आफैँले तयार पार्न सकिन्छ,” उनले भने ।

    कच्चासामग्री खरिदमा रकम खर्च गर्न नपर्ने, गाउँघरमा भने जति सामग्री पाइने भएकाले महिलाका लागि यो सीप अति उपयोगी रहेको रेखा पौडेलले बताइन । नगरपालिकाले ओम राजश्री मल्टी एग्रो प्रालि काठमाडौँको प्राविधिक सहयोगमा नगरभित्रका ४० महिलालाई सीप प्रदान गरेको छ । सीप सिकेसँगै व्यावसायिक उत्पादनमा जोड दिने महिलाहरु बताउँछन् ।

    नगरप्रमुख रमणबहादुर थापाले उत्पादित हस्तकला सामग्री नगरपालिकाले खरिद गरिदिने र उत्पादनका आधारमा अनुदान दिने बताए । “हातमा सीप नभएर केही गर्छु भन्नेहरु खाली बस्नुपरेको छ ।

    आयआर्जनमुलक क्षेत्रमा प्रोत्साहन गर्न विभिन्न सीपमूलक तालिम दिइरहेका छौँ”, उनले भने, “महिलाहरु आत्मनिर्भरतर्फ अगाडि बढ्नुभएको छ, स्थानीय उत्पादित वस्तुको बजारीकरण नगरपालिकाले गर्नेछ ।”

    नगरपालिकाले महिलालाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न तालिम सञ्चालन गर्दै आएको भन्दै उत्पादित वस्तु उपप्रमुख कोसेली घरमार्फत खरिद गर्ने नगर उपप्रमुख बालकुमारी थापाले बताइन ।

    एक महिनासम्म सञ्चालित तालिम अवधिभर प्रशिक्षक डिला सिञ्जाली, माया राना, तारा थारु र सरस्वती चौधरीले सीप सिकाएका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend