काठमाण्डाै – आठौँ प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा आज भएका खेलमा महिलातर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।
त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हलमा भएको पहिलो खेलमा पुलिसले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हरायो । पुलिसको लगातार चौथो जितसहित फाइनलमा पुगेकाे छ । यस्तै आर्मीले न्यु डायमन्ड क्लबलाई ३–२ को सेटमा हरायो । पहिलो २ सेट जितेको न्यु डायमन्डले पछिल्लो ३ सेट गुमायो ।
यस्तै पुरुषतर्फ सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब विजयी भएका छ्न । सुदूरपश्चिमले पहिलो जित हात पार्ने क्रममा कोशी प्रदेशलाई ३–१ को सेटमा हरायो ।
यस्तै पुलिसले आर्मीलाई ३–१ को सेटमा हरायो । पुरुषतर्फ नै अहिले हेल्प नेपाल र गण्डकी प्रदेश खेलिरहेका छन् । यो खेल सकिएपछि सशस्त्र प्रहरी बलको एपीएफ क्लब र बूढानीलकण्ठ भलिबल क्लब खेल्नेछन् ।
प्रतियोगितामा पुरुषतर्फ आठ र महिलातर्फ छ वटा टोली रहेका छन् । लिग चरणपछि पुरुष र महिला दुवैतर्फ शीर्ष दुई टोलीबीच जेठ २६ गते फाइनल खेल हुनेछ । पुरुष र महिला दुवैतर्फको विजेताले आठ लाख, उपविजेताले चार लाख र तेस्रो हुने टोलीले दुई लाख रुपैयाँ पाउनेछन् ।