Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा ओमान पराजित


२४, जेठ २०८१
  • 235
    SHARES
  • टी–२० विश्वकप क्रिकेट : अष्ट्रेलियाद्वारा ओमान पराजित

    काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा अष्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ । अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो ।

    बारबाडोसको ब्रिजटाउन मैदानमा ओमानले टस जितेर पहिला फिल्डिङ राजेको थियो । अष्ट्रेलियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो । एक सय ६५ रनको लक्ष्य पछ्याएको ओमानको पारी नौ विकेटको क्षतिमा एक सय २५ रनमा समेटियो ।

    अष्ट्रेलियाका लागि मार्कस स्टोनिस र डेभिड वार्नरले अर्धशतकीय पारी खेले स्टोनिसले ३६ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक ६७ रनको योगदान दिए । यस्तै वार्नरले ५१ बल खेल्दै एक छक्का र ६ चौका हान्दै ५६ रन बनाए ।

    यस्तै मिचेल मार्सले १४, ट्रभिस हेडले १२ तथा टिम डेभिडले १० रन बनाए । बलिङतर्फ ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एक एक विकेट लिए ।

    यसैगरी ओमानका लागि एक सय २५ रन बनाउने क्रममा आयान खानले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै मेहरान खानले २७, अकिब इलियासले १८ तथा शकील अहमदले ११ रन बनाए ।

    बलिङतर्फ अष्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्क र एडम जम्पाले दुई दुई विकेट लिए । टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेटस् ९यूएई० र पाकिस्तानबीच आज राति ९ः१५ बजे खेल हुनेछ । 

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend