Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

छानबिनमा पूर्वाग्रहबाट मुक्त हुन कांग्रेस महामन्त्री शर्माको आग्रह


२४, जेठ २०८१
  • 180
    SHARES
  • छानबिनमा पूर्वाग्रहबाट मुक्त हुन कांग्रेस महामन्त्री शर्माको आग्रह

    काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फौजदारी वा कुनै घटनामा आरोप लागेका व्यक्तिमाथि छानबिन गर्दा पूर्वाग्रहबाट मुक्त भएर  अनुसन्धान गर्न सरकारलाई आग्रह गररेका छन ।

    प्रतिनिधिसभाको आजको विशेष समयमा सांसद शर्माले छानबिनमा सबैलाई समान व्यवहार छ भन्ने सन्देश सरकारले दिन सक्नुपर्ने जनाउँदै एउटा नागरिकताको नम्बर मिलेको भन्ने उजुरीमा कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा लिइएको तर अनुसन्धानबाट खासै केही परिणाम नआएको टिप्पणी गरे । नेता शर्माले विसं २०४६ यताका सबै अनियमितताका घटनामा निष्पक्ष छानबिन गर्ने हो भने आफ्नो पार्टी तयार छ भने ।

    महामन्त्री शर्माले सहकारी पीडितमाथिको छानबिन समितिको गठन हुन सकारात्मक भए पनि विश्वासको मत लिने समयवाधि २२ दिन बाँकी कायमै रहेको अवस्थामा जेठ ७ गते सदनमा प्रतिपक्षीको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारोमा विश्वासको मत लिएको घटनामा आफूहरूको असहमति रहेको बताए ।

    उनले गिरीबन्धु टिस्टेटका सम्बन्धमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विगतमा कांग्रेसले जग्गा बेचेको जस्ता आरोपयुक्त अभिव्यक्ति दिएकामा चिन्ता व्यक्त गर्र्दै त्यस्तो हो भने छानबिन गरेर कारबाही गर्न गृहमन्त्री समक्ष आग्रह गरे ।

    उनले कांग्रेसलाई आलोकतान्त्रिक दल भन्ने हैसियत अन्य दलको नहुने जिकिर गरे । देशको सूचना विदेशीलाई बेचेको आरोप कांग्रेसका सांसदलाई उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेबाट लगाइएकामा आपत्ति जनाउँदै उनले भने, “देशको गृहमन्त्रीले गोली हान्न आदेश दिने हो, हावामा गोली हान्ने होइन ।’’

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend