Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो : महामन्त्री शर्मा


२४, जेठ २०८१
  • 181
    SHARES
  • न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो : महामन्त्री शर्मा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले जोसँग पनि र जहाँ पनि जोरी खोजेको बताएका छन् ।

    आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले ओलीले कसैलाई बैगुनी कान्छा र कसैलाई निष्ठुरी साइँला भनेर अपमान गरेको बताए । उनले काठमाडौंका मेयर बालेन्द्र शाहसँग भिड्न केपी ओलीनै मैदानमा उत्रिनु स्वभनीय नदेखिएको पनि टिप्पणी गरे ।

    हामी जहाँ पनि जोसँग पनि जोरी खोज्न मैदानमा उत्रिन हुँदैन । कसैलाई निष्ठुरी साइँला भन्दिएको छ । कसैलाई बैगुनी कान्छा भन्दिएको छ । यो ढंगको अभिव्यक्तिले सम्मानीय पूर्व प्रधानमन्त्रीलाई शोभा दिँदैन ।

    काठमाडौंको मेयरसँग कुनै कुरामा भिड्नुपर्यो भने उपप्रमुखलाई भने हुन्छ नि ? त्यही तहमा रहेका पार्टीका प्रतिनिधिहरुलाई भन्दा हुन्छ नि । तिनले त्यही भने भइगयो नि मेयरसाब संयमले बोल्नुस्, जेल बसेका नेताहरुको सम्मान राखेर बोल्नुस् या तपाईँको शैली बदल्नुस्,’– उनले भने ।

    साथै, न्यूरोडमा काठमाडौं महानगरले गरिरहेको काममा संघीय सरकारले हस्तक्षेप गरेको भन्दै उनले आपत्ति जनाए । महामन्त्री शर्माले संघ र स्थानीय तहबीचको द्वन्द्वमा संघीय सरकार नै बढी जिम्मेवार हुनुपर्ने बताए । न्यूरोडमा बालेनले गर्न लगाएको काम जायज रहेको दाबी गर्दै उनले सो काम पुनः गर्न दिइनुपर्ने बताए ।

    यो प्रकरणमा म यतिमात्रै भन्न चाहन्छु संघ र स्थानीय तहबीचको द्वन्द्वमा बढी संयमित संघ हुनुपर्छ । न्यूरोडमा नागरिकको सुविधाका लागि सडकपेटी बढाउन जरुरी थियो ।

    बालेनले जे गरेका थिए, ठीक गरेका थिए । उनलाई त्यहाँ काम गर्न दिइनुपर्छ । संघले यसमा कुनै पनि प्रकारको हस्तक्षेप गर्ने कुरातर्फ फिर्ता हुनुपर्छ,’– उनले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend