Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

भृङ्गारेश्वर महादेव मन्दिर पुरानै शैलीमा पुनः निर्माण हुने


२४, जेठ २०८१
  • 225
    SHARES
  • भृङ्गारेश्वर महादेव मन्दिर पुरानै शैलीमा पुनः निर्माण हुने

    ललितपुर । ललितपुर महानगरपालिका–२७ सुनाकोटीमा ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेवको मन्दिर पुरानै शैलीमा पुनःनिर्माण हुने भएको छ ।

    विसं १९९० को भूकम्पले भत्काएपछि पुरानै शैलीमा पुनः निर्माण नभएको भृङ्गारेश्वर महादेवको मन्दिर पुरानो टुँडालस्वरुपमा निर्माण हुने भएको छ ।

    ललितपुरको सुनाकोटी धार्मिक तथा पर्यटकीय दृष्टीकोणले राम्रो भएकाले भृङ्गारेश्वर महादेवको ऐतिहासिक मन्दिरलाई पुरानो कलात्मक शैलीमा पुनः निर्माण गर्न लागेको ललितपुर–२७ का वडाध्यक्ष कृष्णहरि महर्जनले जानकारी दिए ।

    उनका अनुसार प्राचीनकालमा निर्मित भृङ्गारेश्वर मन्दिर विसं १९९० को भूकम्पले भत्काएपछि पुरानो शैलीमा मन्दिर निर्माण भएको थिएन । प्राचीनकालमा निर्माण भएको मन्दिरलाई महानगरपालिकाको सहयोगमा पुरानो शैलीमा पुनः निर्माणको लागि डिपिआर प्रक्रिया अघि बढेको छ ।

    वडाध्यक्ष महर्जनले भने, “सुनाकोटीलाई धार्मिक तथा प्रर्यटकीय रुपमा चिनाउनका लागि हामीले काम गरिरहेका छौँ, ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेव मन्दिरलगायत अन्य मठमन्दिर पनि छन्, हामीले निर्माण र संरक्षण गरिरहेका छौँ ।”

    ऐतिहासिक सम्पदा भृङ्गारेश्वर महादेव मन्दिरलाई पहिलेकै स्वरुपमा पुनः निर्माण गरेर मन्दिर परिसरमा रहेका अन्य मन्दिरलाई थप व्यवस्थित बनाउनुपर्ने भृङ्गारेश्वर सुधार तथा वृद्ध सेवा समितिका अध्यक्ष रामचन्द्र महर्जनले बताए ।

    उनका अनुसार भृङ्गारेश्वर महादेवको मन्दिर परिसरमा बालकुमारी त्रिपुरासुन्दरी मन्दिर, जगन्नाथ मन्दिर, गणेश मन्दिर र भृङ्गारेश्वर महादेवको भजन गर्ने धर्मशाला लगायतका ऐतिहासिक सम्पदा रहेका छन् । विसं २०७२ को भूकम्पले क्षति गरेका कतिपय ऐतिहासिक संरचना भने पुनःनिर्माण भइसकेका छन् ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend