Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

बुटवलको श्रमाधान मेलाबाट ३५ जनालाई रोजगारी, डेढ सय जना दोश्रो चरणका लागि छनोट


२५, जेठ २०८१
  • 200
    SHARES
  • बुटवलको श्रमाधान मेलाबाट ३५ जनालाई रोजगारी, डेढ सय जना दोश्रो चरणका लागि छनोट

    बुटवल । बुटवलमा आयोजित श्रमाधान रोजगार मेलाबाट ३५ जनाले रोजगारी पाएका छन् ।

    हिजो र आज २ दिन बुटवल अन्तर्राष्ट्रीय सम्मेलन केन्द्रमा चलेको ‍‍‍‍मेलाको ६ हजार जना भन्दा बढीले अवलोकन गरेको आयोजक बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए ।

    उनका अनुसार ४१ वटा स्टलबाट ७ सय ३१ जनाका लागि आवेदन आह्वान भएकोमा रोजगारीका लागि १ हजार २ सय २८ जनाले आवेदन दिएका छन् ।

    मेलामा ५ सय जनाले वैदेशिक रोजगार, मनोसामाजिक परामर्श, वित्तिय साक्षरतासम्बन्धी परामर्श सेवा प्राप्त गरेको उनले बताए ।

    पाण्डेयका अनुसार मेलाबाट ३५ जनाले रोजगारी प्राप्त गरेका छन् भने १ सय ५० जना दोश्रो चरणका लागि छनोट भएका छन् । पाण्डेयले रोजगारीको खोजीमा रहेका युवा र रोजगारदाताको लागि कार्यक्रम सहायक सिद्ध भएको बताए ।

    श्रम कार्यालय बुटवलका प्रमुख कृष्ण प्रसाद खनालले मेलाबाट आन्तरिक र बाह्य रोजगारीको लागि सहजीकरण गरिएको बताए ।

    श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदेश सरकार र बुटवल उपमहानगरपालिकाले संयुक्त रुपमा लुम्बिनी प्रदेशस्तरीय रोजगार मेलामा  ४१ वटा औद्योगिक प्रतिष्ठानहरूका स्टल रहेका थिए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend