Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

फ्राइडे रिलिज : ‘लन्डन टु पेरिस’ भर्सेज ‘गाउँ आएको बाटो’


२५, जेठ २०८१
  • 196
    SHARES
  • फ्राइडे रिलिज : ‘लन्डन टु पेरिस’ भर्सेज ‘गाउँ आएको बाटो’

    काठमाडौँ । आज शुक्रवारदेखि दुई नयाँ नेपाली फिल्म ‘लन्डन टु पेरिस’ र ‘गाउँ आएको बाटो’ प्रदर्शनमा आएका छन् ।

    यी दुवै फिल्म देशभर एकसाथ प्रदर्शनमा आएका हुन् । ‘गाउँ आएको बाटो’ गाउँको कथा बोलेको फिल्म हो, भने ‘लन्डन टु पेरिस’ले  प्रेमकथा विषय बनाएको छ । 

    ‘लन्डन टु पेरिस’ :

    घनश्याम लामिछाने निर्देशित ‘लन्डन टु पेरिस’ साम्राज्ञी राज्यलक्ष्मी शाह, निश्चल खड्का, कबिर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी लगायतको अभिनय रहेको फिल्म हो । निश्चल र गरिमाले यहि फिल्मबाट अभिनयमा डेब्यु गरेका हुन् ।

    ट्राभल लभस्टोरीको कथामा बनेको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको फिल्म रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले वितरण गरेको हो ।

    गाउँ आएको बाटो’ :

    नवीन सुब्बाको निर्देशन रहेको फिल्म ‘गाउँ आएको बाटो’मा दयाहाङ राई, पशुपति राई र बालकलाकार प्रसन राईको मुख्य अभिनय छ ।

    बाबुछोरोको कथामा निर्माण भएको फिल्म मेन्छ्याम फिक्चर्स र बाँसुरी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण गरिएको हो ।

    अमोद राई र निर्देशक सुब्बा निर्माता रहेको फिल्मको पटकथा निर्देशनमा सुब्बाले महेश राईसँग सहकार्यमा तयार गरेका हुन् ।

    फिल्मको अन्तर्राष्ट्रिय रिलिजको राइट्स सेभेन सिजले खरिद गरेको छ, भने कार्यकारी निर्मातामा सञ्जु राई, देवराज राई, नरहाङ राई र भीम राई हुन् ।

  • भोटेकोशी बाढीपीडितका लागि ‘एलिफेन्ट्स इन द फग’को विश्वभर च्यारिटी स्क्रिनिङ, पेरिसमा विशेष प्रदर्शन

    काठमाडौं । नेपालबाट आगामी ओस्कार अवार्डका लागि सिफारिस भएको चलचित्र तिनीहरू : एलिफेन्ट्स इन द

  • हरिवंश आचार्यले भने– ‘काठमाडौंलाई बिग्रिनबाट रोक्ने समय आएको छ’

    काठमाडौं । वरिष्ठ कलाकार हरिवंश आचार्यले पछिल्लो समय काठमाडौं महानगरपालिकामा सरसफाइ, सौन्दर्य र व्यवस्थापनका क्षेत्रमा

  • अस्करको अन्तर्राष्ट्रिय दौडमा नेपालबाट ‘तिनीहरू : एलिफेन्ट्स इन द फग’ छनोट

    काठमाडौं । ९९औँ एकेडेमी अवार्ड (अस्कर)को अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा प्रतिस्पर्धाका लागि नेपालबाट तिनीहरू :

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend