Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित : इंग्ल्याण्ड २६ रनले पराजित


२७, जेठ २०८१
  • 177
    SHARES
  • विश्वकपमा अस्ट्रेलियाको लगातार दोस्रो जित : इंग्ल्याण्ड २६ रनले पराजित

    काठमाडौँ – आईसिसी टी-२० विश्वकप अन्तर्गत शनिबार राति भएको खेलमा जित निकाल्दै अस्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा उक्लिएको छ। विशाल रनको लक्ष्य दिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ३६ रनले हराएको हो।

    सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २०२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड २० ओभरमा ६ विकेट गुमाउँदै १६५ रनमा समेटिएको हो।

    अस्ट्रेलियाको जितका लागि एडम जाम्पा र प्याट कमिन्सले किफायती बलिङ गरे। कमिन्सले ४ ओभरमा २३ रन खर्चेर दुई विकेट लिँदा जम्पाले २८ रन खर्चेर समान दुई विकेट हात पारे।

    इंग्ल्याण्डका लागि कप्तान जोस बटलरले सर्वाधिक ४२ रन बनाए। फिल साल्ट ३७, मोइन अली २५ रनमा आउट हुँदा ह्यारी ब्रुकले २० रन बनाए। अस्ट्रेलियाका लागि जोस हेजलवुड र मार्कस स्टोइनिसले एकएक विकेट हात पारे।

    सुरुमा ब्याटिङ गरेको अस्ट्रेलियाले ७ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। उसका लागि ओपनर ट्रेभिस हेड र डेभिड वार्नरले उत्कृष्ट सुरुवात गरेका थिए।

    वार्नरले मात्र १६ बलमा दुई चौका र चार छक्का प्रहार गर्दै ३९ रन बनाए। हेडले १८ बलमा तीन छक्का र दुई चौकाको मद्दतमा ३४ रन जोडे।

    कप्तान मिचेल मार्सले २५ बलमा ३५ रन बनाए भने मार्कस स्टोइनिसले ३० रन जोडे।

    पहिलो खेलमा पहिलो बलमै आउट भएका ग्लेन म्याक्सवेलले दोस्रो खेलमा २८ रन जोड्दा म्याथ्यू वेडले १७ रन बनाए।

    अस्ट्रेलियाको आक्रामक ब्याटिङलाई रोक्न इंग्ल्याण्डका लागि क्रिस जोर्डनले दुई विकेट लिए भने मोइन अली, जोफ्रा आर्चर, आदिल रसिद र लियाम लिभिङ स्टोनले एकएक विकेट हात पारे।

    विश्वकपको यो समूहमा अस्ट्रेलिया, इंग्ल्याण्ड, स्कटल्याण्ड, नामिबिया र ओमान छन्।

    अस्ट्रेलिया लगातार दुई जित निकाल्दै चार अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ। दुई खेलमा एक जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

    दुईमा एक खेल गुमाएको नामिबिया दुई अंकसहित तेस्रो स्थानमा छ। एउटा खेलमा अंक बाँडेर अर्को खेलमा पराजित भएको इंग्ल्याण्डले एक अंक जोडेको छ। ओमान अंकबिहीन छ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend