Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालगञ्जमा दमकलका लागि पानी सङ्कलन केन्द्र स्थापना


२८, जेठ २०८१
  • 164
    SHARES
  • नेपालगञ्जमा दमकलका लागि पानी सङ्कलन केन्द्र स्थापना

    बाँके । बाँकेमा पानी सङ्कलन केन्द्र स्थापना गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सञ्चालित दमकल (बारुणयन्त्र) लाई आवश्यक पर्ने पानीको स्रोत व्यवस्थापन गर्न सङ्कलन केन्द्रको स्थापना गरिएको हो ।

    आगलागी नियन्त्रण लगायत आकस्मिक सेवाका लागि नगरका विभिन्न स्थानमा सहजरुपमा पानीको स्रोत सङ्कलन केन्द्र नहुँदा समस्या रहेको थियो ।

    खानेपानी संस्थान कार्यालय अगाडि सङ्कलन केन्द्र स्थापना गरिएको आपत्कालीन कार्यसञ्चालन केन्द्र नेपालगञ्जका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए ।

    उनले भने, “ नेपालगञ्ज उपमहानगरपालिका भए पनि यहाँका बस्ती गल्ली नै गल्लीले बनेका छन् । केही गरी साँघुरो गल्लीभित्रको बस्तीमा आगलागी भइहाले पनि पानी भण्डारण केन्द्रको प्रयोगले इनारको पानी जम्मा गरिएको ट्याङ्कीमा बस्तीभित्र पुग्ने पाइप जडान गरी आगो नियन्त्रण गरिनेछ ।”

    दमकल प्रवेश गर्न नसक्ने गल्लीभित्र रहेको बस्तीमा आगलागी नियन्त्रणका लागि इनारबाट पानी सङ्कलन गरी ‘ड्राइ फायर हाइड्रेण्ड’ विधिको विकास गरिएको छ ।

    यो विधिमा इनारको पानी ट्याङ्कीमा सङ्कलन गर्ने र ट्याङ्कीमा बस्तीभित्र पुग्ने गरी पाइप जडान गरिएको नेपालगञ्ज उपमहानगरपालिका–७ का वडाध्यक्ष प्रशान्त श्रेष्ठले बताए ।

    उनका अनुसार नेपालगञ्ज–७ मा इनारलाई संरक्षण गरी चार हजार लिटर पानी भण्डारण गरिएको छ । अहिले नेपालगञ्जमा दमकल रहेको स्थानमा १२ हजार लिटरको भूमिगत पानी ट्याङ्की रहेको बारुण यन्त्र एकाइ प्रमुख झइनबहादुर खड्काले जानकारी दिए ।

    उनका अनुसार खाली दमकलमा पानी भर्न करिब २० मिनेटको समय लाग्ने गर्दछ । दमकललाई चाहिने पानी कार्यालयबाट जतिबेला पनि भर्न सक्ने व्यवस्था रहेको खानेपानी संस्थान नेपालगञ्जका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिए ।

    नेपालगञ्ज सहर विकास, विस्तार र बाक्लिने क्रमसँगै यहाँ आगलागीका घटना बढ्न थालेको तथ्याङ्कले देखाएको छ ।

    आगलागीका घटना बढ्न थालेसँगै त्यसको नियन्त्रणको प्रयास गर्न नेपालगञ्जमा अहिलेसहरी विपद् तथा भूकम्पीय पूर्वतयारी परियोजना (सुपर) सञ्चालन गरिएको छ ।

    नेपालगञ्जको खानेपानी संस्थान कार्यालयमा चार लाख ५० हजार लिटर र कार्यालय अगाडि सुर्खेत रोडमा पानी भण्डारण केन्द्र स्थापना गरिएको छ ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend