Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : रोचक खेलमा बंगलादेश ४ रनले पराजित


२९, जेठ २०८१
  • 169
    SHARES
  • विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित : रोचक खेलमा बंगलादेश ४ रनले पराजित

    काठमाडौं । आईसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ ।

    सोमबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि ४ रनको रोचक जित निकालेको हो । सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाले दिएको ११४ रनको लक्ष्य भेट्न नसक्दा बंगलादेश ६ रनले पराजित भएको हो।

    सोमबार न्यूयोर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय १३ रन बनाएको थियो ।

    ११४ रनको लक्ष्य पछ्याएको बंगलादेश पूरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १०९ रनमा समेटिएको हो । सुरुमा ब्याटिङ गरेको दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ४६ रन बनाए ।

    ४४ बलको सामना गरेका उनले दुई चौका र तीन छक्का प्रहार गरे। उसका लागि डेविड मिलरले २९, क्विन्टन डि ककले १८ रन बनाए।

    बंगलादेशका तान्जिन हसन साकिबले तीन विकेट लिए भने ताक्षिक अहमेदले दुई र रिसाद हुसैनले एक विकेट हात पारे।

    ११४ रनको लक्ष्य पछ्याएको बंगलादेशका लागि तोहिद हृदयले सर्वाधिक ३७ रन बनाए । ३४ बलमा खेलेका उनले दुई चौका र दुई छक्का प्रहार गरे ।

    जितका लागि अन्तिम ओभरमा छक्का प्रहार गर्दा आउट भएका मोहम्मदुल्लाहले २७ बलमा २० रन जोडे। कप्तान नजमुल होसेन सान्तोले २३ बलमा १४ रन बनाए।

    सामान्य लक्ष्य पछ्याएको बंगलादेशलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका लागि केशव महाराजले तीन विकेट हात पारे भने कागिसो रबाडा र एनरिच नोर्टजेले दुई/दुई विकेट लिए।

    योसँगै विश्वकपमा दक्षिण अफ्रिका लगातार तेस्रो खेलमा विजयी भएको छ । समूह ‘डी’को शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले ६ अंक जोडेको छ।

    दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको थियो भने दोस्रो खेलमा नेदरल्याण्डसमाथि जित निकालेको थियो । बंगलादेश तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा श्रीलंकालाई पराजित गरेको बंगलादेश दोस्रो जितको खोजीमा छ।

    समूह ‘डी’मा दक्षिण अफ्रिका, बंगलादेश, नेदरल्याड्स, नेपाल र श्रीलंका छन्। नेदरल्यान्डस्ले दुई अंक जोडेको छ भने यो समूहमा नेपाल र श्रीलंका अंकबिहीन छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend