रोल्पा । नेपाली कांग्रेस जिल्ला कार्यसमिति रोल्पाले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुको उपस्थितिमा रोल्पाको सदरमुकाम लिवाङमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरिने नेपाली कांग्रेस रोल्पाले जनाएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुशिल कोइराला स्मृति भवन लिवाङमा यहि जेठ ३० गते बुधबारका दिन आयोजना गरिएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व परराष्ट्रमन्त्री एनपी साउद, केन्द्रीय सदस्य डिला संग्रौला पन्त, केन्द्रीय सदस्य अब्दुल सतार र केन्द्रीय सदस्य गोविन्द बहादुर साह लगायतका नेता रोल्पा आउन लागेका हुन ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई केन्द्रिय सदस्यहरुले सम्बोधन गर्ने बताइएको छ त्यस्तै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन मगरको पनि उपस्थिति रहने बताइएको छ ।
भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस रोल्पाको वर्तमान अवस्था,आन्तरिक सुद्धिढिकरण, लगायत समसामयिक विषयवस्तुमा छलफल रहने नेपाली कांग्रेस रोल्पाका सह-सचिव गञ्ज बहादुर क्षेत्रीले जानकारी दिएका छन ।
जेठ ३० गते बिहान साढे ११ बजेदेखि सुरु हुने कार्यक्रममा उपस्थितिको लागि उनले नेपाली कांग्रेस रोल्पा जिल्लाका सम्पुर्ण पूर्व सभापति, वर्तमान जिल्ला कार्य समितिका पदाधिकारी, महाधिवेशन सदस्य तथा प्रतिनिधि ,पूर्व जिल्ला कार्यसमिति पदाधिकारी तथा सदस्यहरु, पूर्व तथा वर्तमान क्षेत्रीय पदाधिकारी, पुर्व तथा वर्तमान पालिका पदाधिकारी, पुर्व तथा वर्तमान वडा पदाधिकारी, सम्पूर्ण भात्री संगठनका पदाधिकारीहरूलाई अनिवार्य उपस्थितिको लागि अनुरोध समेत गरेका छन ।