अर्घाखाँची । अर्घाखाँचीको सितगङ्गा नगरपालिका वार्ड नम्बर २ सितापुरमा जन्मिएका लक्ष्मण खड्का र अर्घाखाँचीकै मालारानी गाउँपालिका वार्ड नम्बर ८ हङसपुरमा जन्मिएका तिलक काउछा कपिलवस्तुका स्थापित ब्यवसायी बन्न सफल भएका छन ।
अर्घाखाँची जन्मथलो कपिलवस्तु बाणगङ्गा कर्मथलो बनाएका यी लक्ष्मण र तिलक ब्यवसायिक रुपमा ईमानदार सक्षम राम्रो काम गर्ने कपिलवस्तुका प्रतिष्ठित ब्यवसायीको रुपमा अगाडि बढेका हुन ।
कपिलवस्तुमा बसोबास गरेपनि यी निर्माण ब्यवसायीहरु अर्घाखाँची जिल्लाको सितगङ्गा मालारानीको हङसपुर लगायत अर्घाखाँचीको विकासमा चासो र चिन्ता गर्ने गरेको स्थानिय कपिल गाहाले बताए ।
कपिलवस्तु बाणगङ्गा नगरपालिकामा स्थायी बसोवास गर्ने खड्का र काउछा ब्यबसायिक हिसाबले काठ ब्यबसायी र कृर्षि फर्म सन्चालन गरेका अब्बल, कुशल र सफल ब्यवसायी हुन ।
यी दुई ब्यवसायीले अर्घाखाँची कपिलवस्तु गरेर अहिले ३ दर्जन युवाहरुलाई रोजगारी दिनुको साथै उनीहरु विकासका लागि धेरै जसो प्रदेश सरकार सघींय सरकार स्थानीय सरकारको ढोका घचघचाउने र गाउँ ठाउँमा विकास निर्माणको काम गर्नका लागि पहल गर्ने गरेका छन ।
दु:खी पिडित तथा गम्भीर प्रकृतिका बिरामी परेका ब्यक्तिहरुलाई थाहा पाएसम्म आर्थिक रुपमा सहयोग गर्ने गरेका छन । सानै उमेरबाट ब्यवसायमा लागेका यी दुई युवा ब्यवसायीहरु राजनीतिसँगै ब्यबसायसमेत गर्दै जनताको सुखदुखमा साथ दिदैँ ब्यवसायलाई समेत अगाडि बढाई रहेका छन ।
काम गरेर खाने बानीको विकास गर्न सबैलाई सल्लाह दिने गरेको बताउँदै उनीहरु भन्छन, सबैको सेवा गर्न पाउँदा अत्यन्तै खुसि छौँ, विकास गर्न पहल गर्ने हाम्रो उदेश्य हो, कति सकिन्छ हेर्दै जाउँ काम गर्ने हो तर प्रचार गर्ने गरिएको छैन उनीहरुको भनाइ छ ।