Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु


२९, जेठ २०८१
  • 145
    SHARES
  • तुलसीपुर-दङ्गीशरण जोड्ने झोलुङ्गे पुल निर्माण सुरु

    दाङ । तुलसीपुर उपमहानगरपालिका-२ र दङ्गीशरण गाउँपालिका-६ जोड्ने खड्गपुर पोटली झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

    सङ्घीय सरकारको विनियोजित बजेट रु ९७ लाख ४८ हजार लागतमा सो पुल निर्माण सुरु गरिएको दङ्गीशरण गाउँपालिकाका–६ का वडाध्यक्ष रोशनजङ्ग शाहले जानकारी दिए ।

    उनका अनुसार सो पुल एक सय २० मिटर लम्बाइको हुनेछ । पुल निर्माणपछि  त्यहाँका दुई १३ घरधुरीका एक हजार दुई सय ७८ जना प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष शाहले बताए ।

    यही जेठ २१ मा सम्झौता भएको पुलको सामाजिक तथा प्राविधिक सहयोग सेवा प्रतिष्ठान नेपाल तुलसीपुर दाङले गर्नेछ भने पुलको निर्माण २०८२ जेठ २० सम्म पूरा गर्ने लक्ष्य लिइएको छ ।

    सो पुलको सोमबार दङ्गीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले शिलान्यास गरे । अध्यक्ष गिरीले अन्तरपालिकाका दुई वटा वडालाई जोड्ने पुल निर्माणले त्यहाँका नागरिकलाई सहरसम्मको पहुँचमा सहज हुने बताए ।

    त्यस अवसरमा गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले तोकिएको समयमा पुल निर्माण सम्पन्न हुनेमा विश्वास व्यक्त गरे ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend