Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने


२९, जेठ २०८१
  • 179
    SHARES
  • ‘नेपाल अफ्रिका चलचित्र महोत्सव’ मा १० देशका २८ चलचित्र प्रदर्शन हुने

    काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा हुने ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ मा प्रदर्शनका लागि १० देशका २८ चलचित्र, वृतचित्र र लघु चलचित्र छनोट भएका छन् ।

    असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवमा नेपालबाहेक साउथ अफ्रिका, इजिप्ट, तान्जानियाँ, टर्की, मोजाम्बिया, जिम्बाबे, क्यामरुन, मोरिसस, जमईकालगायत देशका आठ चलचित्र छनोट भएका महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए ।

    नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्वीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना हुँदै आएको उनले बताए ।

    “महोत्सवले हामीलाई विभिन्न देशबारे बुझ्न मद्दत गर्छ । यसपटक चलचित्र भवनमै छनोट भएका सामग्री प्रदर्शन गर्ने तयारी गरेका छौँ”, निर्देशक क्षेत्रीले भने ।

    उनका अनुसार महोत्सवमा विदेशी चलचित्रतर्फ ‘फुल्स’, ‘द चेस्लर’, वृतचित्रतर्फ ‘वि ह्याभ नेभर विन किड्स’, ‘ह्वाईट पोसन’ तथा लघु चलचित्रतर्फ ‘डाईनिज’, ‘अफस्प्रिङ’, ‘सर्भाईभर’ र ‘इग्नोरेन्स इज अ लाईफस्टाईल’ छनोट गरिएका छन् ।

    यस्तै, महोत्सवमा नेपालबाट चलचित्र र आदिवासी चलचित्रतर्फ ‘सरी मम’, ‘काँडेतार’, ‘गोर्खा वारियर’, ‘सनाखत’, ‘आफ्नै कर्म’, ‘लोजिमा’ र ‘रित’ छनोट भएको छ ।

    वृतचित्रतर्फ ‘जर्नी टु गोक्यो’, ‘काँचो बायु’ र ‘चेसिङ द ड्रिम’ तथा लघु चलचित्रतर्फ ‘सिगरेट’, ‘आमा’, ‘ऐना’, ‘ढुकढुकी’, ‘घटेरो’, ‘हे दैव’, ‘जुत्ता’, ‘म्यारिज डे’, ‘मातृत्व’ र ‘रोटेन ब्लड’ छनोट भएका छन् ।

    महोत्सव अवधिभर चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुनेसमते आयोजकले जनाएको छ ।  

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend