Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित


२९, जेठ २०८१
  • 571
    SHARES
  • तेक्वान्दोका प्रशिक्षक तथा स्काउटका बुटवल प्रमुख आयुक्त खरेल सम्मानित

    गुल्मी । खेलकुद तथा स्काउटको माध्यमबाट योगदान पुर्याएको भन्दै तेक्वान्दो खेलका अन्तराष्ट्रिय प्रशिक्षक नेपाल स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त तथा विपद् व्यवस्थापन आकस्मिक उद्धारकर्ता नवराज खरेललाई सम्मान गरिएको छ ।

    उनलाई नगद, मायाको चिनो, सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ । चन्द्रकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय शान्तिपुर, गुल्मीले चन्द्रकोट गाउँपालिका तथा समग्र मुलुकको खेलकुद क्षेत्र एबं सामाजिक कार्यको माध्यमबाट अतुलनीय योगदान पुर्याएको भन्दै उनलाई सम्मान गरेको हो । 

    चन्द्रकोट गाउँपालिका वडा नं. १ दिब्रुङ्गका स्थायी बासिन्दा खरेललाई अन्तर वडा स्तरीय दोसो अध्यक्षकप भलिवल प्रतियोगिता २०८१ को अवसरमा नगद पुरस्कार रु.२० हजारसहित सम्मान पत्र प्रदान गरिएको छ ।

    खरेलको संक्षिप्त जीवनी चन्द्रकोट गाउँपालिकाले प्रकाशित गरेको हाम्रो चन्द्रकोट पुस्तक पालिकामा पढाई हुँदै पनि आएको छ ।

    पालिकाले आगामी दिनमा समेत सामाजिक तथा खेलकुद क्षेत्रमा निरन्तर योगदानको अपेक्षा गरेको जनाएको छ ।

    उनलाई पालिकाका अध्यक्ष युवराज खत्री क्षेत्री, उपाध्यक्ष विष्णु प्रसाद भण्डारी, गाउँपालिका प्रवक्ता एंव वडा अध्यक्ष घनश्याम खरेल, वडा अध्यक्ष कमल केसीलगायत ८ वटै वडाका वडा अध्यक्षहरु प्रमुख प्रशासकीय अधिकृतलगायतले सम्मान गरेका थिए ।

    स्काउट बुटवल उपमहानगरपालिका प्रमुख आयुक्त समेत रहेका स्काउट मास्टर तथा खेलकुद प्रशिक्षक खरेल बिगत १५ बर्ष देखि नेपाल स्काउटको क्षेत्र र सामाजिक काम गर्दै आएका छन् । 

    नेपाल स्काउटको बिपद ब्यवस्थापन आकस्मिक उद्दार कर्ता र खेलकुदको क्षेत्रमा कार्यरत उनी बुटवल स्थीत नवीन औद्योगिक कदर बहादुर रिता माविमा स्काउट मास्टर तथा खेलकुद प्रशिक्षणको रुपमा कार्यरत छन् ।

    उनले जाजरकोटको भुकम्प पीडित क्षेत्रमा स्वयंसेवक रुपमा विभिन्न सहयोगको काम समेत गरेका थिए । जाजरकोटमा भुकम्प प्रभावित क्षेत्रमा काममा खटिएका बेला उनले आफ्नो जन्म दिनमा भुकम्पपीडितलाई आर्थिक सहयोग समेत गरेका थिए । 

    खरेलले २०७८ फागुन ७ बाट बैबाहिक जीवन शुरु गर्दा पनि बिबाहमा हुने खर्च बचत गरी अक्षयकोष स्थापना गरेका थिए । उनले रुरु क्षेत्र ४ बलेटक्सार (स्काउट मास्टर) विद्या खड्का सग प्रेम विवाह गरेका थिए । 

    विद्यासगको सल्लाहमा नवराजले बिबाहमा हुने केही खर्च बचत गरी २०७८ फागुनमा गुल्मीको सारदा माविमा अक्षयकोष स्थापना गरेका थिए । खेलकुद र स्काउटका लागि यो जोडीले ५१ हजार १ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend