Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

अग्रता जोगाउन नसक्दा नेपाल यमनसँग बराबरीमा रोकियो


३०, जेठ २०८१
  • 154
    SHARES
  • अग्रता जोगाउन नसक्दा नेपाल यमनसँग बराबरीमा रोकियो

    काठमाडौं । अन्तिम मिनेटमा अग्रता जोगाउन नसक्दा नेपाल फिफा विश्वकप २०२६ एसियाली छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनसँग बराबरीमा रोकिएको छ। 

    अघिल्ला ५ खेलमा जित र गोलविहिन नेपालले साउदी अरबको प्रिन्स मोहमद विन फहद स्टेडियममा यमनविरुद्ध २–२ को बराबरी खेल्दै पहिलो अंक जोडेको हो।

    नेपालका लागि फरवार्डद्वय सञ्जीव विष्ट र जिलेस्पी जंग कार्कीले १–१ गोल गरे। दुवै खेलाडीको यो गोल अन्तर्राष्ट्रिय करियरको पहिलो गोल हो।​ नवौं मिनेटमा पेनाल्टी मार्फत नेपालले गोल खान पुगेको थियो। बक्स भित्र मनिष डाँगीले रमी अल–वासमानी माथि फाउल गरेपछि पाएको पेनाल्टीमा नसीम अल–गाहवाहीले गोल गर्दै यमनलाई अग्रता दिलाएका थिए।

    त्यसपछि नेपालले खेलको २३औं मिनेटमा सञ्जीवले बराबरी गोल फर्काए। ​ ६६औं मिनेटमा नेपालले खेलमा अग्रता लिया। छिरिङ लामाले खेलेको क्रसमा सञ्जीवकै हेडर जिलेस्पीलाई लागेर गोलमा परिणत भएको थियो। तर इन्ज्युरी समयको पहिलो मिनेटमा यमनले मोहम्मद अल–दाहीको गोल मार्फत बराबरी गर्दै एक अंक लिन सफल भएको हो। 

    नेपालले यस खेल अघि कुनै पनि गोल नगर्दा ५ खेलमा १८ गोल खान पुगेको थियो। तर अन्ततः नेपालले २ गोल गर्न सफल भएको हो। नेपालले समूहमा ६ खेलमा १ अंक सहित दोस्रो चरणको यात्राको अन्त्य गरेको छ।  नेपाल रहेको समूह ‘एच’ मा युएईले १६ अंक सहित पहिलो हुँदै र बहराइन ११ अंक सहित दोस्रो हुँदै छनोटको तेस्रो चरणमा प्रवेश गरेका छन्। 

    ५ अंक सहित तेस्रो भएको यमन र नेपालले एसियन कप छनोटको तेस्रो चरण खेल्ने छन्।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend