Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

टी-२० विश्वकप : अष्ट्रेलियाको लगातार तेस्रो जित


३०, जेठ २०८१
  • 226
    SHARES
  • टी-२० विश्वकप : अष्ट्रेलियाको लगातार तेस्रो जित

    काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२४ को समूह चरणमा अष्ट्रेलियाले लगातार तेस्रो जित हात पारेको छ ।

    आज बिहान वेष्टइन्डिजको नर्थ साउण्डमा भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराएको हो ।

    नामिबियाले दिएको ७३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ५.४ ओभरमा मात्र एक विकेट गुमाएर पूरा गरेको हो ।

    अष्ट्रेलियाका डेभिड वार्नरले ८ बलमा २० रन बनाएर आउट भए भने ट्रभिस हेडले १७ बलमा ३४ रन र मिचेल मार्स ९ बलमा १८ रनका अविजित हुँदै जित दिलाए ।

    नामिबियाका डेभिड विसले एक विकेट लिए ।

    यसअघि पहिले ब्याटिङ गरेको नामिबिया १७ ओभरबमा अलआउट हुँदै ७२ रन बनाएको थियो ।

    नामिबियाका जेराल्ड इरास्मसले ३६ र माइकल भान लङ्गेनले १० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंक जोड्न सकेनन् ।

    नामिबियालाई सस्तैमा समेट्ने क्रममा अष्ट्रेलियाका बलर एडम जाम्पा एक्लैले ४, जोश हेजलवुड र मर्कस स्टोनिसले दुई/दुई तथा प्याट किमिन्स र नाथन एसिसले एक/एक विकेट लिए ।

    लगातार तीन खेल जितेर ६ अंक जोडेको अष्ट्रेलिया समूह ‘बी’को शीर्ष स्थानमा रहेको छ भने दुई मा जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेको ५ ।

    यसअघि अष्ट्रेलियाले ओमान र इंग्ल्याण्डलाई पराजित गरेको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend