Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

‘अर्गानिक’ उत्पादन र बजारीकरण गर्न सम्झौता


३०, जेठ २०८१
  • 145
    SHARES
  • ‘अर्गानिक’ उत्पादन र बजारीकरण गर्न सम्झौता

    अर्घाखाँची । अर्घाखाँचीका किसानले उत्पादन गरेका अर्गानिक कृषिजन्य वस्तुको बजारीकरणमा अब समस्या नहुने भएको छ ।

    यसका लागि जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौँले अर्घाखाँचीको सन्धिखर्क नगरपालिका र पाणिनि गाउँपालिकासंग सम्झौता गरेको छ । ती दुई पालिकाबाट उत्पादित अर्गानिक कृषिजन्य वस्तुको समर्थन मूल्यमा बजारीकरण सो कम्पनीले जिम्मेवारी पनि लिएको छ ।

    सन्धिखर्क नगरपालिकाका कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले कृषि उपज वस्तुको कम्पनीले उचित मूल्यमा खरिद गर्ने जानकारी दिए । पालिका तहमा विभिन्न समूह बनाइ उत्पादन कार्य गरी समूहसँग सम्झौता गरी आर्थिक उपार्जन र उत्पादनको कार्यमा अगाडि बढ्ने सन्धिखर्क नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।

    सम्झौता पत्रमा सन्धिखर्क नगरपालिकाको तर्फबाट नगर प्रमुख श्रेष्ठ, पाणिनि गाउँपालिकाको तर्फबाट उपाध्यक्ष नर्मदा पौडेल र जनता एग्रो एण्ड फरेष्टी लिमिटेडको तर्फबाट कम्पनीका अध्यक्ष पवनकुमार गोल्यानले हस्ताक्षर गरेका थिए । जनता एग्रो एण्ड फरेष्टी लिमिटेड काठमाडौँले उत्पादन गरेका वस्तु बिक्री गर्ने गरी सन्धिखर्कमा रहेको साथी बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले समझौता गरेको छ ।

    व्यावसायिक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रवद्र्धनका लागि सम्झौतापछि जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले कम्पनीले बजारीकरणको जिम्मेवारी,विश्वासनियता कायम गरे अर्घाखाँची जिल्लामा अझै धेरै कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि हुने बताए । जिल्लामा धेरै कार्यक्रम गरे पनि सफल नभएकाले यो कार्यक्रम किसानको बिचमा विश्वासका साथ अगाडि बढाउन कम्पनीलाई उनले आग्रह गरे ।

    सन्धिखर्क नगरपालिकाका नगरप्रमुख श्रेष्ठले माटो, पानी, वातावरणका साथै किसानको मागका अधारमा अगाडि बढाउने बताए । उनले भने, “गाउँ गाउँमा किसान समूह गठन गरेर अगाडि बढ्दै छौंँ, पालिकाले व्यावसायिक रुपमा गर्ने किसानका लागि यान्त्रिकरण, बीउँविजन, प्राविधिक विज्ञ सहयोग गर्दै छौँ, यो कार्यक्रममा हुने खेतीलाई जङ्गली जनावर असर पार्दैन । अब रोजगारका लागि विदेश गएका युवालाई समेत स्वदेश फर्काउने गरी अभियानकै रुपमा हामी अगाडि बढ्ने छौँ । ”

    किसानको आयआर्जनमा वृद्धि, अर्गानिक खेती, विभिन्न उत्पादन प्रक्रिया र बजारीकरणमा जोड्ने गरी कम्पनी अगाडि बढेको जनता एग्रो फरेष्टिका अध्यक्ष गोल्यानले बताए । किसानको क्षमता अभिवृद्धि नीति निर्माण र वातावरणीय परिवर्तनमा सहयोग गर्ने समेत उद्देश्य रहेको छ ।

    कम्पनीले दुई पालिकामा समूहमार्फत उत्पादन भएका अदुवा, बेसार, टिमुर, कफी, दाते ओखर, छुर्पी, गाईको घिउ खरिद गर्ने जनाउँदै कम्पनीको मुख्य उद्देश्य स्थानीय कच्चापदार्थको प्रयोग, स्थानीय उत्पादन, रैथाने बाली प्रबद्र्धन र सामूहिकतामा आर्थिक विकास र समृद्धि रहेको कम्पनीका उपाध्यक्ष भोजबहादुर शाहले बताए ।

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend