Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालमा व्यापक रूपमा भ्रष्टाचार मौलाउँदो : नेता साउद


३०, जेठ २०८१
  • 210
    SHARES
  • नेपालमा व्यापक रूपमा भ्रष्टाचार मौलाउँदो : नेता साउद

    रोल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउद (एनपी) ले रोल्पा राष्ट्रिय राजनीतिको उद्गम भुमिका खेल्ने जिल्ला भएको बताए ।

    रोल्पा आएको अवसरमा नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सो कुरा बताए ।

    साउदले रोल्पा जनयुद्धको उद्गम थलो भएको बताउदै भने, नेकपा माओवादी केन्द्रले दश वर्ष सम्म शस्त्र जनयुद्ध गरेको र नेपाली कांग्रेसका नेतृत्व तथा कार्यकर्ताको पनि जनयुद्धको समयमा दुख संघर्ष गरेर यहाँसम्म लिनुभएको छ, म सम्पूर्ण नेतृत्व तथा कार्यकर्तालाई धन्यवाद दिन्छु, उनले भने ।

    रोल्पा आउनुको बारेमा समेत जानकारी गराउदै फेरि भने, अहिले नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दलमा पुगेको छ र जनस्तरमा के छ त नेपाली कांग्रेस पार्टी प्रति हेर्ने र बुझ्ने दृष्टिकोणको लागि आफूहरु जिल्ला स्तरमा आएको बताए ।

    पछिल्लो समय नेपाली कांग्रेस संसदमा सबैभन्दा ठूलो दल भएको र अहिले विपक्षी दलको हिसाबले कसरी संसदमा प्रस्तुत हुने विषयमा आम जिल्ला स्तरमा रहेका नेतृत्व तथा कार्यकर्ताको धारणा बुझ्नको लागि आफूहरू जिल्ला स्तरमा आएको बताए ।

    साउदले अहिलेको समय सान्दर्भिक सहकारी ठगीको विषय पनि ज्वलन्त रूपमा उठेको र नेपाली कांग्रेसको निरन्तर मागको कारण छानबिन समिति बनेको जिकिर गर्दै छिट्टै समितिले प्रतिवेदन दिने र निष्कर्ष आउने समेत बताए ।

    त्यस्तै नेपालमा व्यापक रूपमा भ्रष्टाचार मौलाएको बताउदै साउदले भने, नेपालमा पछिल्लो समय धेरै सहकारीहरुबाट रकम अपचलन हुने घटना भएको र त्यसको लागि नेपाली कांग्रेस छानबिन समिति बनाउन पुगेको दाबी गरे ।

    पत्रकारहरुले राखेको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को छिमेकी राष्ट्र भारत भ्रमणलाई कसरी लिनु भएको छ ? भन्ने जिज्ञासामा पूर्व परराष्ट्रमन्त्री साउदले नेपाली कांग्रेसले त्यसलाई त्यति उपलब्धि मुलक भ्रमण नभएको बताए ।

    उहाँ भ्रमणमा जादै गर्दा आफ्नो देशका महत्त्वपूर्ण केही एजेन्डा लिएर जानुपथ्र्यो,त्यो देखिएन अलिकति पूर्व तयारी साथ जानुपर्थ्यो,त्यो देखिएन त्यसैले नेपाली कांग्रेसले उपलब्धि रूपमा मान्ने अवस्था छैन, उनले भने ।

    नेपाली कांग्रेसले बजेट विनियोजनलाई कसरी लिएको छ भन्ने जिज्ञासामा जवाफ दिदै भने, नेपाली कांग्रेसले गम्भीर रूपमा लिएको र संसद्मा पनि नेपाली कांग्रेसका सांसदले प्रश्न उठाइरहेको बताए ।

    हामीले नजिकबाट प्रमुख प्रतिपक्षी दलको हिसाबले गम्भीरतापूर्वक नीति तथा कार्यक्रम र बजेट विनियोजनलाई अध्ययन गर्ने र नियाल्ने गरेको बताए ।

    नेपाल प्रेस युनियन जिल्ला शाखा रोल्पाका अध्यक्ष लोकेन्द्र चन्दको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री नारायण प्रकाश साउद (एनपी), केन्द्रीय सदस्य अब्दुल सत्तार,केन्द्रीय सदस्य गोविन्द बहादुर शाह र नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगर लगायतको सहभागी रहेको थियो ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend