Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको नवौँ स्थानमा


३०, जेठ २०८१
  • 300
    SHARES
  • दीपेन्द्रसिंह ऐरी टी–२० अलराउन्डर वरीयताको नवौँ स्थानमा

    काठमाण्डाै ।नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्व वरीयताको नवौँ स्थानमा आइपुगेका छन् ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा दीपेन्द्र एक स्थान सुधार गर्दै नवौँ स्थानमा आइपुगेका हुन् । दीपेन्द्र यसअघि टी–२० वरीयताको अलराउन्डरतर्फ १० औँ स्थानमा थिए ।

    टी–२० वरीयताको अलराउन्डरतर्फ शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहेका छन् । यस्तै दोस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस र तेस्रो स्थानमा श्रीलङ्काका वानिन्दु हसरङ्गा रहेका छन् ।

    टी–२० वरीयताको अलराउन्डरतर्फ नेपालकै कुशल मल्ल ३५ औँ, गुल्सन झा ६२ औँ, कप्तान रोहित पौडेल ६६ औँ र करण केसी ६९ औँ स्थानमा छन् ।

    टी–२० वरीयताको ब्याटिङतर्फ भारतका सूर्यकुमार यादव शीर्ष स्थानमा यथावत् छन् । यस्तै इङ्ग्ल्यान्डका फिल साल्ट दोस्रो र पाकिस्तानका बाबर आजम तेस्रो स्थानमा छन् ।

    टी–२० वरीयताको ब्याटिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरी ५२ औँ, रोहित पौडेल ५५ औँ र आसिफ शेख ९० औँ स्थानमा छन् ।

    टी–२० वरीयताको बलिङतर्फ इङ्ग्ल्यान्डका अदिल रशिद शीर्ष स्थानमा यथावत् छन् । यस्तै अफगानिस्तानका रशिद खान र दक्षिण अफ्रिकाका एनरिच नोर्टजे समान चार स्थान सुधार गर्दै क्रमशः दोस्रो र तेस्रो स्थानमा आइपुगेका छन् ।

    टी–२० वरीयताको बलिङतर्फ नेपालका सोमपाल कामी ९९ औँ स्थानमा छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend