Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपाली कांग्रेस विकास प्रेमी पार्टी हो - नेता साउद


३०, जेठ २०८१
  • 330
    SHARES
  • नेपाली कांग्रेस विकास प्रेमी पार्टी हो - नेता साउद

     रोल्पा । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी)साउदले नेपाली कांग्रेस रोल्पाले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेस विकास प्रेमी पार्टी भएको बताए ।

    प्रमुख अतिथिको रूपमा बोल्दै साउदले नेपाली कांग्रेस पार्टी अहिले प्रमुख प्रतिपक्षी दल भएर पनि आम नागरिकले नेपाली कांग्रेसबाट विकासको आशा गरेको बताए ।

    उनले नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको जिल्ला स्तरीय भेटघाट तथा अन्तरक्रिया कार्यक्रम रोल्पाको कार्यक्रम १० औं भएको बताए ।

    रोल्पा भन्न बित्तिकै सर्सती जनयुद्धको याद आउने र पहिले पनि आफू रोल्पा आएको स्मरण गर्दै उनले भने अरु जिल्लामा नेपाली कांग्रेसका व्यक्तिहरुले ठाउँ छोडेको र रोल्पाका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले ठाउँ नछोडेको बताए ।

    नेकपा माओवादी केन्द्रले कुनै बेला हामीले कुटेर,मारेर नेपाली कांग्रेसको आस्था,विचारलाई मार्न सकिन्छ र नेपाली कांग्रेसलाई सिध्याउन सकिन्छ भन्ने सोच लिएर अगाडि आएको बताउदै साउदले भने - हाम्रो आस्था विचार मरेन्न र उनीहरूको विचार, सोचमा परिवर्तन भयो ।

    कुनै समयमा एकल दुई तिहाई मत लिएको नेकपा माओवादी केन्द्र अहिले विस्तारै रूपमा कमजोर बन्दै गएको र पछिल्लो समय रुपान्तरणमा पुगेको समेत उनले बताए ।

    नेपाली कांग्रेस रोल्पामा पुरानै अवस्थामा फर्कन्छ तपाईं ढुक्क हुनुहोस् र निरन्तर अगाडि बढ्नुहोस मेरो शुभकामना छ - साउदले भने ।

    यसैबिच,  नेपाली कांग्रेसका केन्द्रिय सदस्य अब्दुल सत्तारले अब आउने नेपाली कांग्रेस कस्तो हुनुपर्छ र के छ  कांग्रेसको अवस्था बुझ्न आफू सात ओटै प्रदेशको जिल्लामा पुग्ने कार्यक्रम अनुसार आफूहरू रोल्पा आएको बताए ।

    सत्तारले राजनीति भनेको व्यक्ति अनुभुती र विश्लेषण भएको र जनताको आम समस्यालाई समाधान गर्नु नेतृत्वको दायित्व भएको र पदको लागि राजनीति नभएको बताए ।

    445971272_1126001695326359_6555410388451193337_n.jpg

    नेपाली कांग्रेस कुनै गुट उप-गुटको प्रचार-प्रसार गर्नको लागि नभई कसरी नेपाली कांग्रेसलाई एक ढृका,मजबुत , बलियो र एकल रूपमा आगामी चुनावमा जाने वातावरण बताउनको लागि जिल्ला स्तर र प्रदेश स्तरमा पुग्ने गरेको उनले बताए ।

    साथै उनले नेपालमा भ्रष्टाचार र सहकारीमा रकम अपचल गर्ने काम बढेकाले नेपाली कांग्रेस त्यसलाई निरन्तर आवाज उठाउने गरेको र न्याय दिनको लागि सडक देखि सदन सम्म आवाज उठाएका कारण संसदीय छानबिन समिति बनेको जिकिर गरे ।

    रोल्पामा नेपाली कांग्रेस एक भएर अगाडि बढी कम्युनिस्ट पार्टीहरुसँग चुनावमा बिजयी भएमा मात्र आजको अन्तरक्रिया सफल भएको मान्निने गरेको सत्तारले बताए ।

    रोल्पा जिल्लामा पनि नेकपा माओवादी केन्द्रको जनयुद्धको दलदलमा पनि नेपाली कांग्रेसलाई जोगाउन सफल भएकोले आज पालिकाको अध्यक्ष ,उपाध्यक्ष ,वडा अध्यक्ष र वडा सदस्यमा निर्वाचित हुन सफल भएकोमा म आभार व्यक्त गर्छु - सत्तारले भने ।

    त्यसैगरी,   नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द बहादुर शाहीले नेपाली कांग्रेसले माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा गएको र आम निर्वाचनमा जाँदा नसोचेको परिमाण बेहोर्नु परेको बताए ।

    हामी राणा, राजा र पञ्चायतमा कांग्रेस पछि परेन तर जनयुद्धमा रहेको माओवादी केन्द्रलाई शान्ति प्रक्रियामा लिएर चुनावमा जाँदा ठूलो पराजित भोग्नु परेको उनले बताए ।

    445978884_1922676428162908_7896629401866897175_n.jpg

    अहिलेसम्म नेपाली कांग्रेसमा लागेर ज्यान गुमाएका व्यक्तिलाई कुनै घोषणा र कुनै ठाउँमा उनीहरूको नाम उल्लेख नगर्नु अहिलेको नेपाली कांग्रेसको लागि दु:खद पक्ष भएको उनले बताए ।

    नेपाली कांग्रेस बारम्बार सरकारको नेतृत्व गर्दा पनि आफ्नो संस्थामा लागेर यो देशको परिवर्तन गर्न नेतृत्वदायी भुमिका खेल्ने र देशको लागि ज्यान गुमाएका , घाइते अपाङ्ग भएका व्यक्तिलाई केही नाम नदिनु लज्जास्पद विषय भएको छ - शाहले भने ।

     यस्तै, नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुन मगरले सिङ्गो देश,सिङ्गो कांग्रेस र सिङ्गो रोल्पा कांग्रेस कहाँ छ भन्ने कुरा अहिलेको चिन्ता भएको बताए ।

    445579814_482238627805954_6541341133806165416_n.jpg

    पुनले भने - मैले त स्थानीय तह निर्वाचनमा देशभर गठबन्धन नगरौं भनेकै हो तर आवश्यकताको आधारमा गठबन्धन गरौं भनेको थिए ,त्यो शिर्ष नेतृत्वले कमजोर गर्नु भएको हो - उनले भने ।

    उनले माथि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरासँग भेटघाट गरेको र दुबैले तपाईं गठबन्धनको हिसाबले रोल्पा जानुहोस भनेको स्मरण गरे ।

    भेटघाटपछी आफूले नेकपा माओवादी केन्द्रका उप-महासचिव बर्षमान पुनसँग भेटघाट गरेको र रोल्पामा हाम्रो इन्चार्ज दीपेन्द्र कुमार पुन हुनुहुन्छ र उहाँसँग सल्लाह गर्नुहोस् भनेको र रोल्पा आएर दिपेन्द्र पुनलाई फोन गर्दा कहिले दारबोट छु, कहिले कहाँ छु भनेर भेटघाट गर्ने वातावरण नमिलेको उनले बताए ।

    पछि आफू अगाडि बढेको र चुनावमा पछि असफल हुन पुगेको र हारको कारण आफ्नो पार्टी भित्रका केही व्यक्तिले सहयोग नगर्दा रोल्पामा गठबन्धन हुँदा पनि आफूले हार बेहोर्न पुगेको पुनले बताए । नेपाली कांग्रेसका थुप्रै नेताहरुको कारण देश विकास निर्माण , लोकतन्त्र,गणतन्त्र स्थापना गर्न सफल भएको छ - पुनले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend