Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकपमा नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनले विजयी


२, असार २०८१
  • 264
    SHARES
  • विश्वकपमा नामिबियाविरुद्ध इंग्ल्याण्ड ४१ रनले विजयी

    काठमाडौं । आईसीसी टी-२० विश्वकप अन्तर्गत गएराति भएको खेलमा इंग्ल्याण्डले नामिबियाविरुद्ध ४१ रनको जित निकालेको छ ।

    वर्षाले अवरोध गरेपछि १० ओभरमा झारिएको खेल डिएल म्याथोडमा इग्ल्याण्डले ४१ रनको जित निकालेको हो ।

    सुरुमा ब्याटिङ गरेको इंग्ल्याण्डले पूरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १२२ रन बनाएको थियो । १२३ रनको लक्ष्य पछ्याएको नामिबिया तीन विकेट गुमाउँदै ८४ रनमा समेटिएको हो ।

    इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले नटआउट ४७ रन बनाए । २० बलको सामना गरेका उनले चार चौका र दुई छक्का प्रहार गरे । उसका लागि जोनी बेयरस्टो ३१, मोइन अली १६, लियाम लिभिङस्टोन १३ रनमा आउट हुँदा फिल साल्टले ११ रन बनाए ।

    नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले दुई विकेट हात पारे भने डेभिड विसे र बर्नार्ड स्कटेजले समान एकएक विकेट लिए।

    १२३ रनको लक्ष्य पछ्याएको नामिबियाका लागि भने माइकल भ्यान लिङ्गेनले सर्वाधिक ३३ रन बनाए। २९ बलको सामना गरेका उनले एक चौका र तीन छक्का प्रहार गरे। डेभिड विसेले २७ रन जोडे भने निकोलास डेभिन १८ रनमा आउट भए।

    नामिबिया तीन विकेट गुमाएर ८४ रनमा समेटिएको हो। नामिबियालाई सतस्तैमा समेट्न कसिलो बलिङ गरेको इंग्ल्याण्डका लागि अफ्रा आर्चर र क्रिस जोर्डनले समान एकएक विकेट हात पारे।

    यो जितसँगै इंग्ल्याण्डले सुपर ८ को सम्भावनालाई जीवितै राखेको छ। समूह ‘बी’मा सुपर ८ प्रवेश गरिसेको अस्ट्रेलिया ६ अंकसहित शीर्ष स्थामा छ।

    चार खेल खेलिसकेको इंग्ल्याण्ड ५ अंकसहित दोस्रो स्थानमा छ । समान अंक भएको तर एक खेल खेल्न बाँकी स्कटल्याण्ड भने रनरेटका आधारमा तेस्रो स्थानमा छ ।

    इंग्ल्याण्डलाई सुपर ८ प्रवेशका लागि अस्ट्रेलियाले स्कटल्याण्डलाई हराउनुपर्नेछ। स्कटल्याण्डले अस्ट्रेलियामाथि जित निकाले यो समूहबाट स्कटल्याण्ड सुपर ८ मा प्रवेश गर्नेछ ।

    यो समूहका नामिबिया र ओमान भने विश्वकपबाट बाहिरिसकेका छन् । त्यसैगरी गएराति नै भएको समूह ‘ए’को भारत र अमेरिकाको खेल वर्षाले अवरुद्ध भएको छ ।

    खेल वर्षाले अवरुद्ध भएपछि अंक बाँडेको भारत ७ अंकसहित शीर्ष स्थानमा रहँदै सुपर ८ पुगेको छ भने अमेरिकासमेत ५ अंकसहित सुपर ८ मा पुगेको छ । यो समूहका क्यानडा, पाकिस्तान र आयरल्याण्ड विश्वकपबाट बाहिरिसकेका छन् ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend