Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

भ्रष्टाचारका मुद्दामा पार्टी नहेरी अनुसन्धान गरिनुपर्छ : सासंद गौतम


२, असार २०८१
  • 229
    SHARES
  • भ्रष्टाचारका मुद्दामा पार्टी नहेरी अनुसन्धान गरिनुपर्छ : सासंद गौतम

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले भ्रष्टाचारका मुद्दामा कांग्रेस, एमाले र माओवादीलगायत कुनै पनि पार्टी नहेरी अनुसन्धान गरिनुपर्ने बताएका छन् ।

    आइतबार नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले जुनसुकै पार्टीको भएपनि गिरीबन्धु, न्यारोबडी, वाइटवबडी, टेरामक्स, सहकारीलगायतका भ्रष्टाचार मुद्दा छानविन गरेर कारबाही गरिनुपर्ने बताएका हुन् ।

    यो कांग्रेस, एमाले र माओवादीको कुरै होईन । जुनसुकै पार्टीको भएपनि भ्रष्टाचारको मुद्दा सबैभन्दा सिरियस मुद्दा हो । भ्रष्टाचारको कुरामा गिरीबन्धु, न्यारोबडी, वाइटवबडी, टेरामक्स, सहकारी जुनसुकै होस् ।

    भ्रष्टाचारको विषयमा छानविन गरे भइहाल्यो नि । छानविन गर्ने, थुन्ने, कारबाही गर्ने, पूर्वाग्रह राखेर हाम्रो र अर्काको भन्ने कुरै छैन,’– उनले भने ।

    भ्रष्टाचारका विभिन्न प्रकरणमा छानविन नुहँदा आम जनताका बीचमा सत्ताका लागि कांग्रेस, एमाले, माओवादी सबै मिलेका छन् भन्ने न्यारेटिभ स्थापित भइरहेको बताए ।

    उनले अख्तियारले भ्रष्टाचारका मुद्दामा कामै गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । भ्रष्टाचारीलाई डाम्नका लाई बनाइएको अख्तियारलाई नै डाम्ने बेला भएको उनले आक्रोश व्यक्त गरे ।

    अख्तियारले कामै गरेन । अख्तियारलाई नै डाम्नुपर्ने बेला भइसक्यो । यिनीहरुले काम गर्दिओस् भन्ने पक्षमा छौं । अख्तियारले काम गर्दिए त हुन्थ्यो नि । अख्तियारले राम्रो काम गरे त सबैलाई हाइ सञ्चो हुन्थ्यो । कामै गरेन,’– उनले भने ।

  • कांग्रेस महाधिवेशनमा गगनको अपिल : ‘अलमलमा नपरी उत्साहका साथ सहभागी बनौँ’

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा कुनै द्विविधा नराखी सक्रिय

  • एमाले कार्यदल बैठक निष्कर्षविहीन, प्रतिवेदनमाथि छलफल नै भएन

    काठमाडौं । नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको लामो समयपछि बसेको बैठक

  • संविधान, विधान र फैसलाका कारण कांग्रेस महाधिवेशन सर्दैन : सभापति गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन तोकिएको मितिमा नै सम्पन्न हुने

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend