Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

विश्वकपको ‘सुपर-८’ समीकरण पूरा, यी टोलीबिच भिडन्त


३, असार २०८१
  • 208
    SHARES
  • विश्वकपको ‘सुपर-८’ समीकरण पूरा, यी टोलीबिच भिडन्त

    काठमाडौं । आइसिसी टि-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाललाई पाखा लगाउँदै बंगलादेशले सूपर ८ मा स्थान पक्का गरेको छ ।

    वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा नेपाललाई २१ रनले स्तब्ध पार्दै बंगलादेशले सुप्र ८ को यात्रा तय गरेको हो । समूह डी बाट बंगलादेशले सुपर ८ मा ठाउँ बनाएसँगै जारी विश्वकप क्रिकेटमा सुपर ८ समीकरण पूरा भएको छ ।

    सूपर ८ मा पुगेका ८ टिममध्ये समूह ए मा बंगलादेशसहित, भारत, अष्ट्रेलिया र अफ्गानिस्तान रहँदा समूह बी मा आयोजक अमेरिकासहति इङ्ल्याण्ड, वेष्टइण्डिज र साउथ अफ्रिका छन् । सुपर ८ का खेलहरु २० जुनबाट सुरु हुनेछ । सेमिफाइनल खेल २७ जुनमा हुनेछ। फाइनल खेल जुन २९ मा हुनेछ ।

    समूह चरणमा भएको खेलमा समूह ए बाट ३ खेलमा जित र एक खेलमा वर्षाका कारण अकं बाँडेपछि ७ अंकसहित भारत शीर्ष स्थानमा रहेर सुपर ८ मा पुगेको हो ।

    अमेरिका भने २ खेलम जित एक खेलमा हार र १ खेलमा अंक बाँड्दै ५ अंकसहित दोस्रो स्थानमा रहेर सुपर ८ मा पुगेको हो । यो समूहबाट पाकिस्तान, क्यानडा र आयरल्यान्ड बाहिरिएका छन् ।

    समूह बी बाट अपराजित रहेको अस्ट्रेलिया ४ खेलमा ८ अंक जोड्दै शीर्ष र इङ्ल्याण्ड २ खेलमा जित, एक खेलमा हार र एक खेलमा अंक बाँड्दै ५ अंकमा दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो । समूह बी बाट स्कटल्यान्ड, नामिबिया र ओमान बाहिरिए ।

    समूह चरणका एक खेल खेल्न बाँकी रहेका अफगानिस्तान र वेस्ट इन्डिज पनि सुपर ८ मा पुगिसकेका छन् । तीन खेल खेल्दा समूह सी मा अफगानिस्तान र वेस्ट इन्डिज दुवै टोली अपराजित छन् । यो समूहबाट न्यु जिल्यान्ड, युगान्डा र पपुवा न्यु गिनी बाहिरिए ।

    नेपाल रहेको समूह डी बाट दक्षिण अफ्रिका र बंगलादेश सुपर ८ मा पुगेका छन् । दक्षिण अफ्रिका अपराजित रहँदै ८ अंकसहित शीर्ष स्थानमा रहेर सुपर ८ खेल्नेछ। तीन खेलमा जित र १ खेलमा पराजित बंगलादेश ६ अंकसहित दोस्रो स्थानमा रहेर सुपर ८ मा पुग्यो ।

    समूह डी बाट नेपालसँगै नेदरल्यान्ड्स र श्रीलंका बाहिरिए । पहिलो पटक सन् २००७ मा भएको पहिलो विश्वकप भारतले जितेको थियो। २००९ को विश्वकप पाकिस्तानले २०१० र २०२२ को उपाधि इङ्ल्याण्डले उचालेको छ ।

    सन् २०१२ र २०१६ को उपाधि वेस्ट इन्डिजले तथा २०१४ को उपाधि श्रीलंकाले र २०२१ को उपाधि अस्ट्रेलियाले जितेको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend