Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी


३, असार २०८१
  • 174
    SHARES
  • मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न कृत्रिम पोखरी

    बाँके । बाँकेमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुलाई वनक्षेत्रमै कृत्रिम पोखरी निर्माण गरी पानीको व्यवस्था गरिएको छ ।

    पानी र आहाराका लागि मानवबस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न बाँके राष्ट्रिय निकुञ्ज, डिभिजन वन कार्यालय, विभिन्न सङ्घसंस्थाले निकुञ्ज र सामुदायिक वन क्षेत्रमा कृत्रिम पोखरी निर्माण गरेका हुन् ।

    बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुका लागि खानेपानीको व्यवस्था गर्न हालसम्म ८३ वटा कृत्रिम पोखरी निर्माण गरिएका छन् ।

    गर्मीका बेला वन्यजन्तु पानीको खोजीमा भौतारिने हुँदा कृत्रिम पोखरी निर्माण गरिएको बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत मनोजकुमार साहले बताउनुभयो ।

    निकुञ्जका जलाशयमा अत्यधिक गर्मी बढेपछि पानीको सतह घटेकाले कृत्रिम पोखरी निर्माण गरी बोरिङ गरेर पानीको व्यवस्थापन गरिँदै आएको उहाँको भनाइ छ ।

    एकीकृत भू–परिधि व्यवस्थापन आयोजनाले डिभिजन वन कार्यालयसँग सहकार्य गरी कोहलपुर नगरपालिका–१२ स्थित सृजना सामुदायिक वनमा दुई थान पोखरी निर्माण गरिएको शम्शेरगञ्ज शव डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिनुभयो ।

    पानी र आहारका लागि मानव बस्तीमा आउने वन्यजन्तुलाई वनमै रोक्न पोखरी निर्माण गरिएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पानी र आहाराको खोजीमा वन्यजन्तु मानव बस्तीमा नआऊन् भनेर जङ्गलमै पोखरी बनाइएको हो । यसले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा छ ।”

    एकीकृत भू–परिधि व्यवस्थापन आयोजना फिल्ड कार्यालय कोहलपुरका प्रबन्धक प्रकाश थापाले वनमा पानीका स्रोतहरु सुकेपछि पोखरी खनेर जनावरलाई वैकल्पिक व्यवस्था गरिएको बताउनुभयो । “अहिले सृजना सामुदायिक वनमा दुई वटा पोखरी निर्माण गरिएको छ, अन्य सामुदायिक वनमा पनि पोखरी बनाउने योजना छ,” उहाँले भन्नुभयो ।

    सृजना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सुमन पौडेलले वनमा निर्माण गरिएका पोखरीमा जङ्गली जनावरहरु पानी खान–आउने गरेको बताउनुभयो । पोखरीले जैविक विविधता संरक्षण, जलवायु अनुकूलन तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका साथै पानीको स्रोत संरक्षण र चिस्यान कायम गराउन सहयोग पुगेको उहाँको भनाइ छ ।

    बाँकेमा पछिल्लो समय चित्तल, बाँदर, चितुवालगायत वन्यजन्तुले मानव बस्तीमा प्रवेश गरी क्षति पुर्‍याउने गरेका छन् । बस्तीमा पस्ने वन्यजन्तुले मानिस र घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको शम्शेरगञ्ज शव डिभिजन वन कार्यालयका वरिष्ठ अधिकृत सुवेदीले जानकारी दिनुभयो । 

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend