काठमाडौँ । विश्वकप क्रिकेट सकिएलगत्तै अफगानिस्तानले नेपालसँग क्रिकेट खेल्ने भएको छ ।
दक्षिण अफ्रिकासँगको खेलमा नेपालले सशक्त दक्षिण अफ्रिकालाई आच्छु आच्छु पारेको थियो र मात्र १ रनले पराजित भएको थियो ।
उक्त खेलमा नेपाली टोलीको सुदृढ प्रदर्शनपछि विश्वभरि नेपाली क्रिकेटको प्रशंसा भइरहेका बेला अफगानिस्तान क्रिकेट काउन्सिलले नेपाललाई अफगानिस्तान भ्रमणको निम्तो दिएको हो ।
विश्वकपपछि काबुल क्रिकेट रंगशालामा नेपालले अफगानिस्तानसँग खेल्ने तय भए पनि कस्तो ढाँचामा खेलाउने र अन्य कुन–कुन टोली सहभागी गराउने भन्नेबारे अफगान क्रिकेट काउन्सिलले प्रष्ट पार्न भने बाँकी नै छ ।