Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग अफगानिस्तान १०४ रनले पराजित


४, असार २०८१
  • 168
    SHARES
  • समूह चरणको अन्तिम खेलमा वेस्ट इन्डिजसँग अफगानिस्तान १०४ रनले पराजित

    काठमाडौं । आईसीसी टी-२० विश्वकपमा वेस्ट इन्डिजले दिएको विशाल २१९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १०४ रनले पराजित भएको छ ।

    समूह ‘सी’को अन्तिम खेलमा टस जितेर अफगानिस्तानले सुरुमा फिल्ड रोजेपछि ब्याटिङ गरेको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै ११८ रन बनाएको थियो ।

    विशाल रनको लक्ष्य पछ्याएको अफगानिस्तान १६.२ बलमा सबै विकेट गुमाउँदै ११४ रनमा समेटिएको हो । अफगानिस्तानका लागि इब्राहिम जाद्रानले सर्वाधिक ३८ रन बनाए ।

    अजमातुल्लाह उमरजाई २३ रन बनाएको खेलमा कप्तान राशिद खानले १८ रन जोडे भने करिम जनातले १४ रन बनाउँदा अन्य कुनै पनि ब्याट्सम्यानले दाहोरो अंकमा रन जोड्न सकेनन् ।

    वेस्ट इन्डिजका लागि ओबेद एमसीकोइले तीन विकेट हात पार्दा गुडाकेश मोती र अकेल होसेनले दुईदुई विकेट लिए। उसका लागि आन्द्रे रसेल र अल्जारी जोसेफले भने एकएक विकेट हात पारे ।

    सुरुमा ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि निकोलस पुरन शतक प्रहार गर्न दुई रनले चुके । उनी ५३ बल खेल्दै ९८ रन बनाउँदा अफगानिस्तानका नवीन उल हकबाट रनआउट भए ।

    वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले २७ बलमा ४३ रन बनाए । कप्तान रोभम्यान पावेलले १५ बलमा २६ रन बनाउँदा साही होपले १७ बलमा २५ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । वेस्ट इन्डिजले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ११८ रन बनाएको हो ।

    वेस्ट इन्डिजविरुद्धको खेलमा अफगानिस्तानका लागि कप्तान राशिद खान सबैभन्दा महंगो सावित भएका थिए । उनले चार ओभर बलिङ गर्दा बिना विकेट ४५ रन दिए । उसका लागि दुई ओभर बलिङ गरेका गुलबदिन नायबले दुई विकेट लिँदा मात्र १४ रन खर्चिए ।

    अजमातुल्लाह उमरजाई र नवीन उल हकले एकएक विकेट हात पारे भने अघिल्ला खेलमा चम्किएका फजलहक फारुकी चल्न सकेनन्। तीन ओभर बलिङ गरेका उनले बिना विकेट ३८ रन दिए ।

    यो जितसँगै वेस्ट इन्डिज अपराजित रहँदै ८ अंकका साथ समूह ‘सी’को विजेता बनेको छ । ६ अंकमा रोकिएको अफगानिस्तान उपविजेता बनेको छ । यसअघि नै सुपर ८ प्रवेश गरिसके पनि यो समूहबाट विजेता र उपविजेताको टुंगो लाग्न बाँकी थियो ।

    समूह चरणमा यसअघि भएका खेलमा अफगानिस्तानले युगान्डालाई पहिलो खेलमा १२५, दोस्रो खेलमा न्युजिल्यान्डलाई ८४ र तेस्रो खेलमा पपुवा न्युगिनीलाई ७ विकेटले हराउँदै विश्वकपको सुपर ८ पुगेको हो ।

    वेस्ट इन्डिजले पहिलो खेलमा पिएनजीमाथि ५ विकेटको जित निकालेको थियो भने दोस्रो खेलमा युगान्डाविरुद्ध १३४ रनले विजयी भएको थियो । तेस्रो खेलमा न्युजिल्यान्डलाई १३ रनले हराएको वेस्ट इन्डिज अपराजित रहँदै सुपर ८ खेल्न चाहन्छ ।

     

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend