अनु खनाल, बुटवल । इमानदारी ,बफादारी र मेहनतको प्रतीक संयुक्त भु.पु सैनिक संघ संसारीमाई टोल समिति तिलोत्तमा २ ले बुटवलमा अत्याधिक गर्मी बढेपछि पानी वितरण गरेको छ ।
कार्यक्रमका अध्यक्ष वीरभद्र थापाले सबैजनाले उपस्थित भएर चिसो पानी पिउनु भएकोमा सबैलाई हार्दिक धन्यवाद दिनुभएको थियो । लक्ष्मी प्रसाद देवकोटाले भनेजस्तै आफुमा भएको कुरा अरुमा बाडँनुपर्छ भन्दै सबै टोलमा सन्देश पुर्याउने उदेश्यले यस कार्यक्रम आयोजना गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा संयुक्त भु.पु सैनिक संघ तिलोत्तमा २ का सल्लाहकार वडा न. २ का जनप्रतिनिधि सदस्य डोल बहादुर थापाले भु.पु.हरुका समस्या पहिचान गर्ने र समाधानमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले तिलोत्तमा वडा न. २ भित्र रहेर वडालाई अगाडी लैजान सहयोग गर्ने टोल विकास संस्था आमासमूह र क्लबहरुसँग समन्वय गरेर विकासको गतिमा अगाडि बढन ध्यान दिनुपर्ने बताउनुभयो ।
भु.पु सैनिक मुल समितिका अध्यक्ष डोर बहादुर खड्काले ४० डिग्री सेल्सियसमा पुगेको यस्तो गर्मीमा चिसो पानी पिलाउने कार्यक्रम राखेकोमा उहाँहरुलाई धन्यवाद दिनुभएको छ ।
हामी भु.पु हौ, हामी भु.पु को कार्यले गर्दा विदेश गएका थियौ, हामी यहिकै दाजुभाइ हौँ, हामीलाई पहिले अर्कै नजरले हेर्ने गरिन्थ्यो, देशमै हामीहरु मिलेर जानुपर्छ, हाम्रो एउटा धारणा छ, भु.पु ले चोरी गर्न, ढाट्न, छल्न जान्दैन र सबैसँग मिलेर अगाडी बढन सक्छ, उहाँले भन्नुभयो ।
भु.पु सैनिकका उपाध्यक्ष क्याप्टेन नर बहादुर कार्कीले भु.पु सैनिकले वडा न.२ मा विभिन्न प्रकारका राम्रा कामहरु गरिआएको बताउदैँ संसारीमाई टोलले दोस्रो पटक यस कार्यक्रम आयोजना गरेको बताउनुभयो । यो भन्दा पहिला स्वास्थ्य चौकीमा गएर सरसफाइ कार्यक्रम राखी उदाहरणिय काम गरेको थियो । त्यो अहिलेसम्म पनि चर्चामा रहेको छ ।
त्यसैगरी अहिले बढदै गरेको गर्मीलाई मध्यनजर गर्दै बाटोमा हिड्ने बालबालिका, वृद सबै आमाबुबालाई सजिलो बनाउन पानी पिलाउने घैटा मटका सधैका लगि यहि राख्ने उपाध्यक्ष कार्कीले बताउनुभयो । साथै उहाँले सबैलाई धन्यवाद दिनुभएको थियो ।