Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

रोटरी क्लब अफ रेसुंगा गुल्मीद्धारा पुस्तक विमोचन


४, असार २०८१
  • 231
    SHARES
  • रोटरी क्लब अफ रेसुंगा गुल्मीद्धारा पुस्तक विमोचन

    गुल्मी । रोटरी क्लब अफ रेसुंगा गुल्मीले एक कार्यक्रमको आयोजना गरी डाइरेक्टी (पुस्तक) विमोचन गरेको छ ।

    रोटरी क्लब अफ रेसुंगा गुल्मीले संचालन गरेका सामाजिक तथा सेवामूलक कार्यहरु र क्लबको परिचय समावेश गरि प्रकाशन गरिएको डाइरेक्टरिको सदरमुकाम तम्घासमा सोमबार भएको क्लवको १९ औं नियमित बैठकको अवसरमा उक्त डाइरेक्टरिको विमोचन गरिएको थियो ।

    क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठ, प्रमुख अतिथि रेसुंगा नगरपालिकाका मेयर खिलध्वज पन्थी, रोटरी क्लब अफ रेसुंगाका जन्मदाता तथा सल्लाहकार भोजबहादुर खत्री, रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख दीन पन्थी एवम् क्लबका उपाध्यक्ष तथा गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले संयुक्त रुपमा क्लबको डाइरेक्टी (पुस्तक) विमोचन गर्नुभएको थियो ।

    पुस्तकको विमोचन गर्दै मेयर पन्थीले क्लबले छोटो समयमै सामाजिक र सेवामूलक कार्यमा प्रशंसायोग्य छवि बनाएको बताउनुभयो । उहाँले अहिले युवाहरु विदेश पलायन भइरहेको अवस्थामा स्थानीयस्तरमै युवाहरुलाई राख्न उद्यम सिर्जना गर्नेतर्फ सबैको साझा ध्यान हुनुपर्ने उल्लेख गर्नुभयो ।

    मेयर पन्थीले युवाहरुलाई स्थानीयस्तरमै स्वरोजगार बनाई उद्यम सिर्जना गर्न स्थानीय तह एक्लैले गर्न नसक्ने भन्दै निजि क्षेत्रलाई रेसुंगामा लगानीका लागि आव्हान् गरेको बताउनुभयो । “रेसुंगाको प्रचारका लागि नगरपालिकाले जाँऊ हिँड् रेसुंगा अभियान सञ्चालन गरेको छ ।

    रेसुंगाको प्रचारका लागि काठमाण्डौमा प्रधानमन्त्री ज्यूको बिशेष सहभागितामा कार्यक्रम पनि गरिएको छ ।” उहाँले भन्नुभयो “अहिले रेसुंगाले देशभर पहिचान बनाएको छ । यहाँ आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ ।” पर्यटन नै विकासको आधार भएको भन्दै रेसुंगालाई प्रचार गरी यहाँको व्यवसायलाई माथि उठाउन नगरपालिका लागि परेको बताउनुभयो ।

    निजि क्षेत्रको भविष्य ग्यारेन्टी गर्न आवश्यक रहेको बताउँदै गुल्मेली जनताको भविष्य रेसुंगासँग जोडिएको उल्लेख गर्नुभयो । रेसुंगा नगरपालिकाले स्वास्थ्यको क्षेत्रमा फड्को मार्दै गइरहेको भन्दै बिशेषज्ञ सेवा गुल्मी अस्पतालबाट सुरु गरेसँगै एक अरब भन्दा बढि रकम बाहिर जानबाट बचेको दाबी गर्नुभयो ।

    उहाँले केही समय पछि लगानी सम्मेलनको तयारीमा नगरपालिका रहेको भन्दै गुल्मीमा केहि नयाँ काम गर्ने गरि अगाडि बढेको चर्चा गर्नुभयो । क्लबका सल्लाहकार भोज बहादुर खत्रीले जहाँ दुख्छ, त्यहाँ रोटरी पुग्छ भन्ने भावनाका साथ रोटरी क्लब अगाडी बढेको बताउनुभयो । आफ्नै सक्रियतामा यस जिल्लामा रोटरी क्लबको स्थापना गर्न पाउँदा ज्यादै खुसि लागेको समेत उल्लेख गर्नुभयो ।

    पूर्व क्याम्पस प्रमुख दीन पन्थीले पूर्वीय आदर्श भनेको सेवा गर्नु भन्ने रहेको भन्दै पश्चिमा मुलूकबाट स्थापना भएको रोटरीले पनि सेवाको भावना अँगालेको भन्दै क्लबको प्रशंसा गर्नुभयो । क्लबका उपाध्यक्ष डोरविक्रम श्रीस र गुणानिधि शर्माले सामाजिक सेवाको भावले क्लबको स्थापना भएको भन्दै सोही अनुसार यसका क्रियाकलाप अगाडी बढेको बताउनुभयो ।

    क्लबका अर्का उपाध्यक्ष सरोजकुमार थापाले धन्यवाद मन्तव्य राख्दै मानव सेवा, दुखि पीडित, असाय र अशक्तको क्षेत्रमा सहयोग पुर्‍याउनु क्लबको प्रमुख उद्देश्य रहेको बताउनुभयो । क्लबका अध्यक्ष हरिकुमार श्रेष्ठले क्लबले आफ्नो परिवारलाई पहिलो, आफ्नो उद्यम, पेशा, व्यवसायलाई दोश्रो र क्लबलाई तेश्रो प्राथमिकतामा राखेको भन्दै क्लबले सबै क्षेत्रमा महत्व राख्ने बताउनुभयो ।

    यस जिल्लामा क्लब स्थापनाको छोटो समयमै विपद्मा परेका र अगालागीबाट पीडित नागरिकहरुलाई ४ लाख बढीको सहयोग गरी सकिएको बताउनुभयो । सबैको सामूहिक भावनाबाट मात्रै क्लबका कार्यहरुलाई दिगो बनाउन सकिने भन्दै यसमा सबै जोडिन आवयश्क रहेको उल्लेख गर्नुभयो ।

    क्लबको सामाजिक कार्यकै प्रभावबाट नयाँ सदस्यहरु यसमा जोडिन आतुर रहेको भन्दै यसमा सदस्य बन्नेहरु बढ्दो क्रममा रहेको बताउनुभयो । सोही अवसरमा नवप्रवेशी रोटरीयनहरुलाई पनि क्लबमा स्वागत गरिएको क्लबका सचिव भागीरथ भण्डारीले बताउनुभयो ।

    Rotary Ohoto_1.jpg

  • कपिलवस्तुमा सामाजिक सद्भाव बिगार्ने प्रयासबारे ज्ञापन, ‘प्रेम योगी’ फेसबुक आईडीमाथि छानबिन र कारबाहीको माग

    कपिलवस्तु । सामाजिक तथा धार्मिक सद्भाव र शान्तिसुरक्षा कायम राख्न माग गर्दै उलमा फाउन्डेसन

  • तीजको भीडमा तौलेश्वरनाथ मन्दिरमा सुन चोरी गर्ने गिरोह पक्राउ, ८ भारतीय महिला हिरासतमा

    कपिलवस्तु । हरितालिका तीजको अवसरमा तौलेश्वरनाथ महादेव मन्दिरमा लागेको भीडभाडको मौका छोपेर दर्शनार्थी महिलाका सुनका

  • ३६५ परिवारले पाए वर्षौँपछि जग्गाधनी प्रमाणपुर्जा, धनुषामा लालपुर्जा वितरण अभियान तीव्र

    जनकपुरधाम । वर्षौँदेखि जग्गा उपभोग गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाणपुर्जा पाउन नसकेका धनुषाको हंसपुर

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend