Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी छैटौँ पटक युराे कप खेल्दै


४, असार २०८१
  • 228
    SHARES
  • क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी छैटौँ पटक युराे कप खेल्दै

    काठमाण्डाै । यूईएफए युरो कप फुटबलमा आज राति समूह ‘एफ’ का दुई वटा खेल हुँदैछन् ।

    पहिलो खेलमा बेलुकी पौने १० बजे टर्की र जर्जिया खेल्दैछन् । यो खेल डर्टमन्डको सिग्नल इडुना पार्कमा हुनेछ । यस्तै दोस्रो खेलमा पोर्चुगल र चेक रिपब्लिक खेल्दैछन् । यो खेल राति पौने १ बजे लाइपजिगको रेल बुल एरिनामा हुनेछ ।

    आजको खेलमा फुटबल ‘आइकन’ क्रिस्टियानो रोनाल्डो कीर्तिमानी छैटाैँ पटक युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा खेल्ने खेलाडी बन्नेछन् । सन् २००४ मा राष्ट्रिय टोलीबाट युरो कपमा डेब्यु गरेका क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म सबैभन्दा धेरै १४ गोल गरेका छन् भने २५ वटा खेल खेलिसकेका छन् । सन् २०१६ मा राेनाल्डाेकाे कप्तानीमा पाेर्चुगलले युराे कप जितेकाे थियाे ।

    ३९ वर्षीय रोनाल्डो सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि हुन् । सन् २००३ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले अहिलेसम्म १ सय ३० गोल गरेका छन् । यस्तै इरानका अली देई १ सय ८ गोलसहित दोस्रो र अर्जेन्टिनी स्टार लियोनल मेसी पनि समान १ सय ८ गोलसहित तेस्रो स्थानमा छन् ।

    १७ औँ संस्करणको प्रतियोगिता आउँदो जुलाई १५ तारिखसम्म चल्नेछ । प्रतियोगितामा २४ वटा टोलीलाई ६ वटा समूहमा विभाजन गरिएको छ । फाइनल खेल बर्लिनको ओलम्पिक स्टेडियममा हुनेछ ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend