Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

नेपालका कप्तान रोहित पौडेललाई हात लगाउने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही


५, असार २०८१
  • 274
    SHARES
  • नेपालका कप्तान रोहित पौडेललाई हात लगाउने बङ्गलादेशका बलरमाथि आईसीसीको कारबाही

    काठमाडौं।आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरण अन्तर्गत नेपाल र बङ्गलादेशबीच भएको खेलमा गलत व्यवहार गरेका बङ्गलादेशका बलर तान्जिम हसन सकिबलाई आईसीसीले कारबाही गरेको छ । यो खेलमा म्यान अफ द म्याचसमेत बनेका फास्ट बलर सकिबलाई आचारसंहिता तोडेको आरोपमा आईसीसीले कारबाही गरेको जनाएको छ ।

    खेलको तेस्रो ओभरमा सकिबले नेपालका कप्तान रोहित पौडेलसँग नोकझोक गरेका थिए । उनले रोहितको शरीरमा हात लगाएकोसमेत पाइएपछि आईसीसीले कारबाही गरेको हो । उनलाई म्याच फीको १५ प्रतिशत जरिवाना गरिएको छ ।

    खेलाडी आचारसंहिताअनुसार अन्तर्राष्ट्रिय खेलमा कुनै पनि खेलाडीले गलत तरिकाले विपक्षी खेलाडीलाई छुन पाउँदैन । सकिबले आफ्नो गल्तीलाई स्वीकार गरेका छन् । नेपाल आफ्नो अन्तिम खेलमा बङ्गलादेशसँग २१ रनले पराजित भएको थियो ।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend