Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ सार्वजनिक


५, साउन २०८१
  • 260
    SHARES
  • ‘बेहुली फ्रम मेघौली’को गीत ‘उडायो मन’ सार्वजनिक

    काठमाडौं । निर्माणको चरणमा रहेको चलचित्र ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक भएको छ । चलचित्रको ‘उडायो मन’ बोलको गीत सार्वजनिक भएको हो । 

    गीतमा संगीत, शब्द र ऐरेन्ज जयन वाइवाको छ । इन्द्रकला राईको स्वर छ ।  गीतमा नेपालीसँगै थारु भाषाको पनि प्रयोग छ । 

    गीतको भिडियोमा चलचित्रकी नायिका स्वस्तिमा खड्कालगायत कलाकार फिचर्ड छन् । भिडियोमा सिम्रन खड्का र निश्चल बस्नेतलाई पनि देख्न सकिन्छ । 

    असोज १७ गते रिलिज हुने चलचित्रमा निश्चल र स्वस्तिमासँगै  बसुन्धरा भुषाल, विजय बराल, सिम्रन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर सिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधरलगायत कलाकारको अभिनय छ ।

    चलचित्रमा साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशन छ । यो उनीहरूको डेब्यु निर्देशन हो । 

    चलचित्रमा लगानी स्वस्तिमा खड्का र निश्चल बस्नेत स्वयंको छ । कार्यकारी निर्माता फिरोज खड्का र शंकर पाण्डे हुन् ।

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend