Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान


७, साउन २०८१
  • 211
    SHARES
  • लुम्बिनीमा वर्षाबास धार्मिक अनुष्ठान

    लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा आठौँ वर्षाबास तथा धार्मिक अनुष्ठान सुरुवात भएको छ ।

    लुम्बिनीस्थित राजकीय बौद्ध विहारमा आइतबार आयोजित कार्यक्रममा विहारका संरक्षक भीक्षु सागर धम्मले शील पाठ गरेर वर्षाबासको आरम्भ गर्नुभयो ।

    भिक्षु धम्मले वर्षाबास कार्यक्रमले बुद्धको उपदेशहरूको ज्ञान लिन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालीहरूलाई विश्वभर  बुद्धको देशका मानिस भनेर चिनिन्छ ।

    यसैले पनि सबै नेपालीले बुद्धको ज्ञान लिनु आवश्यक छ ।” लुम्बिनी आध्यात्मिक केन्द्र भएको उल्लेख गर्दै उहाँले लुम्बिनीबाट के पाएँभन्दा पनि के दिएँ भनेर सोच्नुपर्ने बताउनुभयो ।

    लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले विभिन्न समयमा लुम्बिनीको पहिलो राजकीय बौद्ध विहार भत्काउने विषय उठ्ने गरेको जनाउँदै बुद्ध जन्मेको स्थानमा बुद्ध विहार भत्काउँदा संसारभर राम्रो सन्देश नजाने बताउनुभयो ।

    उहाँले विहारलाई लुम्बिनी विकास गुरुयोजनाभित्र राखेर पुनःनिर्माण गर्न सरोकार भएकाहरूलाई सुझाव दिनुभयो । उहाँले लुम्बिनीमा रहेका अधिकांश गुम्बा र विहार स्थानीयसँग जोडिन नसकेको दुखेसो गर्नुभयो ।

    संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)का लुम्बिनी प्रदेश प्रमुख सुदीप अर्यालले विश्व समुदायको हितका लागि शान्ति पहिलो शर्त भएकाले शान्ति प्राप्तिका लागि समुदायस्तरमा बुद्ध शिक्षा पुर्याउनुपर्नेमा जोड दिनुभयो ।

    विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानहरूले धार्मिक सहिष्णुता जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।

    वर्षात्को तीन महिना प्रतिकूल मौसमका कारण धर्मयात्रा गर्न असहज हुने भएका कारण उपासक–उपासिकासहित भिक्षुहरू सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठानमा सरिक हुने प्रक्रियालाई वर्षाबास भनिन्छ ।

    साउन पूर्णिमादेखि सुरु भएको वर्षाबास तीन महिनापछिको पूर्णिमामा समापन हुनेछ । वर्षाबास कार्यक्रम व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ । 

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend