Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

रेसुंगाको गौशालामा ‘गोकथा, श्रीमद्भागवत पाठपारायण ज्ञानमहायज्ञ’ सञ्चालन गरिने


८, कात्तिक २०८१
  • 179
    SHARES
  • रेसुंगाको गौशालामा ‘गोकथा, श्रीमद्भागवत पाठपारायण ज्ञानमहायज्ञ’ सञ्चालन गरिने

    गुल्मी । गाई संरक्षण गर्ने उदेश्यका साथ रेसुंगा संरक्षण समिति गुल्मीले संसारका २७ देवगिरीहरुमध्येको प्रमुख पावन गिरी गुल्मीको ऐतिहासिक तथा धार्मिक क्षेत्र रेसुंगामा अवस्थित गौशाला चौतारामा ‘गोकथा, श्रीमद्भागवत पाठपारायण ज्ञानमहायज्ञ’ सञ्चालन गर्ने भएको छ ।

    रेसुंगा संरक्षण समितिको कार्यालय तम्घासमा पत्रकार सम्मेलनको आयोजना गर्दै यहि कार्तिक ९ गते देखि कार्तिक १६ गते गाईतिहारका दिनसम्म ‘गोकथा श्रीमद्भागवत पाठपारायण ज्ञानमहायज्ञ’ सञ्चालन गर्न लागिएको र सम्पूर्ण तयारी सम्पन्न भएको अध्यक्ष सुरेशचन्द्र भुसालले जानकारी दिनुभयो ।

    उहाँले गुल्मी जिल्लामै पहिलो पटक आयोजना गरिएको ‘गोकथा, श्रीमद्भागवत पाठपारायण ज्ञानमहायज्ञ’लाई सफल बनाउन आग्रह गर्दै ज्ञानमहायज्ञलाई सफल तथा भव्य रुपमा सम्पन्न गर्न एक हजार एक सय ११ सदस्यीय मूल आयोजक समिति गठन र १३ वटा उपसमितिहरु गठन गरिएको जानकारी दिनुभयो ।

    परापुर्वकाल देखि नै गोवृत्ताको रुपमा सरकारद्वारा घोषणा गरिएसँगै रेसुंगामा विभिन्न गाईगोठहरु राख्ने परम्परागत प्रचलन रहेको र त्यसको निरन्तरताका लागि विगत लामो समय देखि स्थानीय लक्ष्मी थरका गाईहरु रेसुंगा संरक्षण समितिले गौशालामा पालनपोषण र संरक्षण गर्दै आइरहेकोमा हिन्दु धार्मिक परम्परा अनुसार गाईको महत्व उजागरका लागि यसपटक गो महोत्सव आयोजना गर्न लागिएको समितिका सचिव गोपाल पन्थीले बताउनुभयो ।

    पण्डित रमेश सुवेदीद्वारा प्रवचन गरिने महोत्सवमा गाई र श्रीकृष्ण भगवानको अन्योन्याश्रित सम्बन्ध रहेकाले त्यसलाई स्थापित गर्न सहयोग पुग्ने विश्वास सचिव पन्थीले व्यक्त गर्नुभयो । २०४२ साल देखि रेसुंगा चौतारामा गौशालाको भौतिक संरचना निर्माण तथा पोखरी निर्माण गरि गाईहरुको संरक्षणका लागि रेसुंगा संरक्षण समितिले विगत पाँच वर्ष देखि मुष्ठिदान अभियानबाट प्राप्त सहयोगबाट स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ ।

    रेसुंगामा रहेको गौशालामा १ सय ५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेको जानकारी सहसचिव यज्ञ प्रसाद शर्मा पन्थीले बताउनुभयो । गाईको दुध, गहुँत, गोबर समेत हिन्दु परम्परा अनुसार पवित्र मानिन्छ । यस पटक सञ्चालन गरिएको महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दिर्घकालिन संरक्षण र सम्बर्धनका लागि अक्षयकोष स्थापना गर्ने प्रमुख उद्देश्य समेत सहसचिव पन्थीले बताउनुभयो ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend