काठमाडौं । दाङमा बालिका बलात्कार गरेको आरोपमा दुई जना सशस्त्र प्रहरी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा २९ नम्बर ज्वालामाई गण भालुवाङमा कार्यरत सशस्त्र प्रहरी हवल्दार भरत रोका र जवान रेवन पचभैया मगर रहेका छन् ।
उनीहरूमाथि सशस्त्र प्रहरी कार्यालयबाहिर बनाइएको दशैँको पिङ खेल्न पुगेका दुई बालिकामाथि बलात्कार गरेको आरोप छ ।
प्रहरीका अनुसार उनीहरूमाथिको अनुसन्धान अघि बढिसकेको छ । अहिले सात दिनको म्याद थप गरी उनीहरूमाथि अनुसन्धान अघि बढाइको प्रहरीले जनाएको छ ।
गत असोज २४ गते पिङ खेल्न गएका ८ र १४ वर्षीया बालिकामाथि बलात्कार गरेको जाहेरी परेपछि उनीहरूलाई पक्राउ गरिएको जनाइएको छ । उनीहरूलाई सशस्त्र प्रहरीले नै पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ ।