Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन


२३, मंसिर २०८१
  • 172
    SHARES
  • ‘भगवान् श्रीपशुपतिनाथ’ पुस्तक प्रकाशन

    काठमाडौं । भगवान् पशुपतिनाथको तात्विक स्वरुप र पञ्चकृत्यको वर्णन एवं व्याख्याद्वारा भक्तलाई मार्गदर्शन गर्न र पशुपतिनाथका बारेमा जिज्ञासुको जिज्ञासा समाधान गर्न ‘भगवान् श्रीपशुपतिनाथ’ नामक पुस्तक प्रकाशन गरिएको छ ।

    श्रीपशुपति अर्चना सुव्यवस्था प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा पाँचवटा खण्ड समावेश गरिएका छन् । प्रतिष्ठानको यो पाँचौं प्रकाशन हो । पुस्तकको पहिलो खण्डमा स्तुति, दोस्रो खण्डमा तत्व दर्शन, तेस्रो खण्डमा उपासना, चौथो खण्डमा इतिहास-संस्कृति र पाँचौं खण्डमा अनुसूची समावेश गरिएको छ ।

    स्तुति खण्डमा ३७ स्तुति समावेश गरिएका छन् । तत्व दर्शन खण्डमा विभिन्न विद्वानका २५ लेख समावेश गरिएको छ । उपासना खण्डमा १८ लेख, इतिहास–संस्कृति खण्डमा इतिहास र संस्कृतिसँग सम्बन्धित विभिन्न विद्वानका २१ लेख समावेश गरिएको छ ।

    पशुपति क्षेत्रका स्थापित देवीदेवता, गुह्येश्वरीपीठ, पशुपति क्षेत्रका जात्रापर्व, रामायणमा भगवान् श्री पशुपतिनाथ र पाशुपत क्षेत्र, भगवान् श्री पशपतिनाथको मन्दिर र परिसर क्षेत्रको संक्षिप्त परिभ्रमण, नेपालमा पाशुपत धर्मको विकास, सर्वधर्मसमभावका प्रतीक भगवान् श्रीपशुपतिनाथ, पशुपति क्षेत्रको धार्मिक पर्यटन, श्रीपशुपतिनाथको पुजारी परम्परा, प्राचीन नेपालमा पाशुमत, त्वं शङ्करोऽसि भुवनत्रयशंकरत्वात्, पशुपति क्षेत्रका केही प्राचीन शिवलिङ्ग, वेदमा रुद्र र पशुपति, पुराणमा पशुपति-चिन्तन, नेपाली स्थापत्यविधामा श्रीपशुपति मन्दिर, विश्व सम्पदाको रूपमा श्रीपशुपति मन्दिर, पशुपति परिसरका देवीदेवता, वाग्मती र पशुपति, शिव महापुराणमा श्रीपशुपतिनाथ, भगवान् श्री पशुपतिथान तथा पशुपति मुद्राजस्ता विषयमा लेख समावेश गरिएको छ ।

    पाँचौं खण्डमा पाशुपतत्रसूत्रम्, श्रीमच्छङ्काचार्यविरचितम् श्रीपशुपति पूजा विधाननम, पाशुपतदीक्षा, पशुपति क्षेत्रमा अग्निहोत्र परम्परा, पशुपति क्षेत्रको भौतिक स्वरुप र मूर्त सम्पदाहरु, वैदिक सनातन धर्ममा आरतीको महिमा, विभिन्न कार्यक्रम एवं गतिविधिको तस्बिर संकलन गर्न पाइने जनाइएको छ । पुस्तक एक हजार एक सय ६४ पृष्ठको छ । - रासस

  • नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको निधन

    काठमाण्डौ । नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठको गएराति निधन भएको छ । उहाँको ९१ वर्षको

  • तीन दिनसम्म विविध कार्यक्रम गरी भानु जयन्ती मनाइने

    तनहुँ । नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको

  • समय बदलिन समय नै लाग्दैन - कल्याण गुरुङ

    हे प्रिय आत्मीयहरू, सम्बन्धहरू कहिल्यै ठूला-ठूला भाषणले टुट्दैनन्, टुट्छन् त साना अहंकार, झिनो जिद्दी र मौनताको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend