Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

माघ २२ गते तिलोत्तमामा परमानन्द काव्य वाटिका


१५, माघ २०८१
  • 154
    SHARES
  • माघ २२ गते तिलोत्तमामा परमानन्द काव्य वाटिका

    बुटवल । बुटवलको तिलोत्तमा – १ नयाँमिलमा अवस्थित परमानन्द संन्यास आश्रम तथा श्री दुर्गा वैदिक संस्कृत विद्यालयले वार्षिक रुपमा गर्ने भण्डारा तथा साहित्यिक कार्यक्रम परमानन्द काव्य वाटिकाको तयारी भव्य रुपमा भएको छ ।

    राष्ट्रसन्त स्वामी परमानन्द सरस्वतीज्यूको स्मृतिमा माघ शुक्ल अष्टमिमा हुने गुरुभण्डारा कार्यक्रमको पूर्व सन्ध्यामा अघिल्लो रात साहित्यिक कार्यक्रम गरिन्छ ।

    काव्य वाटिकाको तीव्र तयारी भइरहेको, माघ २२ गते साँझ ७ बजे कार्यक्रम सुरु हुने र मध्यरातसम्म साहित्यको रसाश्वादन हुने कुरा पूर्वविद्यार्थी मञ्चका सदस्य शिवलाल पौडेलले जानकारी गराए ।

    कार्यक्रममा देशका विभिन्न साहित्यिक व्यक्तित्वको उपस्थिति सँगसँगै रुपन्देहीका विभिन्न विद्यालयका छात्रछात्राले रचना वाचन गर्ने छन् । छन्द कविताको विशेष आश्वादन प्राप्त गर्न सकिन्छ । ससाना वटुकले ब्रह्म, जीव र जगत् बारे कविता सुनाउँदा माहोल नै परमानन्दमय हुने कुरा विद्यार्थी मञ्चका सचिव कृष्णप्रसाद अर्यालले बताए ।

    उक्त कार्यक्रममा आठ सयदेखि हजारसम्म श्रोताहरुको उपस्थिति रहने तथा अर्को दिनको गुरु भण्डारा कार्यक्रममा पाँचदेखि आठ हजारसम्म भक्तजनको उपस्थिति रहने कुरा पूर्वविद्यार्थी मञ्चका अध्यक्ष पिआर भट्टराईले जानकारी गराए । रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायत लुम्बिनी प्रदेशका विभिन्न ठाउँबाट भक्तजनको आगमन हुने गरेको छ ।

    स्वामी परमानन्द सरस्वतीज्यूले स्थापना गरेका ५० भन्दा धेरै आश्रम तथा गुरुकुलहरू पश्चिमाञ्चल लगायत देशका विभिन्न ठाउँमा रहेका छन्। गुरुकुलहरुमा संस्कृत तथा आधुनिक शिक्षाको पनि पढाइ हुने गरेको छ ।

    दुर्गा वैदिकमा उच्चमाविसम्मको निशुल्क अध्ययनको व्यवस्था रहेको छ । श्री दुर्गा वैदिक संन्यास आश्रमका पीठाधीश स्वामी विवेकान्द सरस्वतीज्यू हुनुहुन्छ ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend