Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सन्तोषी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा सिनियर इन्स्पेक्टर पक्राउ


१३, फागुन २०८१
  • 162
    SHARES
  • सन्तोषी मृत्यु प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा सिनियर इन्स्पेक्टर पक्राउ

    काठमाडौं । गत शनिबार राती पोखरास्थित हुल तथा दंगा व्यवस्थापन शिक्षालयमा मृत फेला परेकी सशस्त्र प्रहरी बल नेपालकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यू प्रकरणमा एक जना पक्राउ परेका छन् ।

    उनलाई आत्महत्या गर्नका लागि बाध्य पारेको आरोपमा सिनियर इन्स्पेक्टर विवेक जोशी पक्राउ परेका हुन् । इन्स्पेक्टर जोशी महतभन्दा एक ब्याच सिनियर हुन् ।

    कास्की प्रहरीका अनुसार, तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाई पक्राउ गरिएको छ । पक्राउ परेका जोशीलाई कास्की ल्याइएको प्रहरीले जनाएको छ । उनलाई म्याद थपका लागि अदालत लगिने र थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

    स्रोतका अनुसार जोशीसँग प्रेम सम्बन्धमा रहेकी सन्तोषीले प्रेम सम्बन्धमा खटपटका कारण आत्महत्या गरेको प्रारम्भिक अनुमान गरिएको छ । सन्तोषीका परिवारले इन्स्पेक्टर जोशीविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा सोमबार किटानी जाहेरी दिएका थिए ।

    २०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

    उक्त घटना छानबिनका लागि प्रहरीले छानबिन टोली गठन गरेको छ । सोमबार राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरिएको हो । सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ ।

  • एसपीलाई धम्क्याउने नेता अशोक यादव पक्राउ

    काठमाडौं । नेकपाका नेता अशोक यादव पक्राउ परेका छन् । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले यादवलाई

  • सोलुखुम्बुमा हजुरबुबाको ह-त्या गरेको आरोपमा नाति प्रहरीकाे नियन्त्रणमा

    काठमाडौं ।प्रहरीले आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५०

  • प्रहरीमाथि अभद्र व्यवहारको आरोपमा युवक पक्राउ

    काठमाडौं - ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend