Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

वीर अस्पतालको निर्देशकमा डा. शर्मा, स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले


२७, फागुन २०८१
  • 174
    SHARES
  • वीर अस्पतालको निर्देशकमा डा. शर्मा, स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा काफ्ले

    काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको निर्देशकमा डा. दिलिप शर्मा नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सक समेत रहेका शर्मा निर्देशकमा नियुक्त भएका हुन् ।

    न्याम्स ऐन अनुसार उपकुलपति डा. भुपेन्द्र बस्नेतले आइतबार सहकुलपति समेत रहेका स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई डा. दिलीप शर्मा, डा. समाज गौतम र डा.अनुपमा कार्कीको नाम सिफारिस गरेका थिए । गौतम र कार्कीलाई पछि पार्दै शर्मा निर्देशक बनेका छन् । उनी नेकपा एमालेनिकट हुन् । उनलाई निर्देशक बनाउन एमालेनिकट स्वास्थ्यकर्मीहरुले ठूलै लबिइङ गरेका थिए ।

    वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् ।

    शर्मा स्वास्थ्य क्षेत्रमा विवादरहित । मेडिकल काउन्सिलको रजिस्ट्रार र चिकित्सा शिक्षा अयोग जस्ता निकायमा समेत उनले जिम्मेवारी बहन गरेका थिए । उनै शर्माको काधमा वीर अस्पताल सुधार गर्ने जिम्मेवारी परेको छ ।

    यता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक डा. रघुराज काफ्ले नियुक्त भएका छन् । सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले डा. काफ्लेलाई स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको गृह जिल्ला तनहुँका डा. काफ्ले बीमा बोर्डको कार्यकारी निर्देशक बन्न सफल भएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलको प्रस्तावमा उनी स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक बनेका हुन् ।

    स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा कमल पन्थी, डा. कृष्णप्रसाद अधिकारी र डा. काफ्लेको नाम सिफारिस भएको थियो । पन्थी र अधिकारीलाई पछाडि पार्दै डा. काफ्लेले बीमा बोर्डको कार्यकारी निर्देशकमा बाजी मारेका हुन् ।

  • बाढी प्रभावित क्षेत्रमा महामारीको जोखिम, उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञको आग्रह

    काठमाण्डौ बाढी प्रभावित क्षेत्रमा महामारी फैलिन सक्ने जोखिम रहेकाले उच्च सतर्कता अपनाउन स्वास्थ्यविज्ञहरूले आग्रह

  • अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारी वार्ता टोलीबीच १९ बुँदे सहमति

    काठमाडौं । ​स्वास्थ्य तथा जनस्वास्थ्य क्षेत्रका विभिन्न माग राख्दै यहि साउन १४ गतेदेखि अनसनरत नर्स

  • आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

    काठमाडौँविश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न देशका स्वास्थ्य मन्त्रालय तथा नागरिक समाजका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend