Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन


२३, जेठ २०८२
  • 153
    SHARES
  • तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन

    काठमाडौँ । तीन दिनदेखि भैरहवा भन्सारको सर्भर डाउन भएको छ ।

    भन्सारको सर्भरमा समस्या हुँदा भारतबाट नेपाल प्रवेश गर्ने भारतीय मालवाहक सवारी पास हुन सकेका छैनन् । भैरहवा भन्सार कार्यालयमा सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीले पछिल्लो तीन दिनदेखि सर्भरमा समस्या रहेको बताए ।

    उनका अनुसार भन्सारले प्रयोग गर्ने आसिकुडा वर्ल्ड सफ्टवेयर समय–समयमा डाउन हुने गरेकाले माल वस्तु जाँच पासमा व्यवधान भएको छ ।  उनले भने, ‘सर्भर डाउन भएर काम नै नभएको भन्ने होइन । सर्भर डाउन हुँदै खुल्दै गरेकाले चाँडो काम हुन सकेको छैन । सर्भरले सबै सिस्टमलाई धान्न नसक्दा सर्भरमा समस्या आएकाले केही सवारी साधनहरूमा आएको मालवस्तु भन्सार पास हुन थोरै समय लागेको अवस्था हो ।’

    भन्सारको सर्भर विगत तीन दिनदेखि बन्द भएकाले भारतीय मालवाहक ट्रकहरूले नेपाल प्रवेश गर्न नसक्दा सुनौली नाकामा भारतीय ट्रक लाइन लागेका छन्। सूचना अधिकारी चौधरीले भन्सार कार्यालयले सकेसम्म छिटो काम गर्ने तयारी रहेको बताए ।

    उनले बजेटमार्फत भन्सारका दरहरू हेरफेर भएकाले पनि भन्सार जाँच पासमा ढिलाइ भएको जानकारी दिए । उनले भैरहवा भन्सारमा मात्रै नभएर देशभरका भन्सार कार्यालयहरूमा नयाँ भन्सार दर कायम भएकाले थोरै समस्या देखिएको बताए ।

    भैरहवा भन्सारबाट हरेक दिन ३०० बढी ट्रक पास हुने भए पनि सर्भर डाउन हुँदा १०० वटा ट्रक पनि नेपाल प्रवेश गर्न सकेका छैनन् । तर यता भन्सार विभागका सूचना अधिकारी कमलकुमार भट्टराईले भन्सार सर्भरमा कुनै समस्या नभएको बताए । उनले भन्सार सर्भर पनि अपडेट नभएकाले खासै समस्या नआएको भन्दै आए पनि प्राविधिक टिमले तत्काल बनाउने र काम नरोकिने गरेको बताए ।

    नेपाल सरकारले व्यापार प्रवर्द्धनका लागि लेटर अफ क्रेडिट (एलसी) पूर्ण रूपमा हटाएको छ । यो निर्णयले साना तथा ठुला व्यापारीहरूमा उत्साह भएर भारतबाट ठुलो परिणाममा सामान आयात गर्न थालेका छन् । त्यसले पनि भन्सारमा ट्रक जाम लागेको देखिन्छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा सरकारले आयात निर्यात गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा राख्नुपर्ने ३ लाख बैङ्क ग्यारेन्टीको व्यवस्था खारेज गरेको छ ।

    अस्थायी पैठारी हुने सवारी तथा ढुवानीका साधन र उपकरणमा भन्सार विन्दुमा महसुल सङ्कलन गरे पश्चात् नेपालभित्र यात्रा गर्दा सङ्घ, प्रदेश वा स्थानीय तहबाट प्रवेश शुल्क, रुट दस्तुर वा अन्य कुनै महसुल असुल उपर गर्न नपाइने व्यवस्था गरिएको छ ।

  • सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

    काठमाण्डौ पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनकालागि सन् २०३० सम्म देशभर

  • काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको

  • सरकारी सूचनामा निजी मिडिया बहिष्कृत: अब गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै मात्र प्रकाशन/प्रसारण

    काठमाडौं l सरकारले अबदेखि सार्वजनिक निकायका सबै सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend