Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव


२४, जेठ २०८३
  • 74
    SHARES
  • सन् २०३० सम्ममा देशभर १० हजार चार्जिङ स्टेशन निर्माण गर्न अध्ययनको सुझाव

    काठमाण्डौ – पूर्वाधार विकास मन्त्रालयको एक अध्ययनले नेपालमा विद्युतीय गाडीको प्रवर्द्धनका लागि सन् २०३० सम्म देशभर कम्तीमा १० हजार चार्जिङ स्टेशन निर्माण गर्नुपर्ने सुझाव दिएको छ । ‘नेपालमा इभी प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ शीर्षकको यस अध्ययन प्रतिवेदनअनुसार अहिले देशभर एक हजार चार्जिङ स्टेशन सञ्चालनमा छन् ।

    तिनीहरु धेरैजसो काठमाण्डौ, पोखरा र भरतपुर जस्ता मुख्य शहरमा मात्र केन्द्रित छन् । राजमार्ग, ग्रामीण र दुर्गम क्षेत्रमा चार्जिङ सुविधाको अभावले लामो दूरीको यात्रामा विद्युतीय गाडीको प्रयोग गर्न कठिनाइ भइरहेको छ ।

    प्रतिवेदनले चार्जिङ पूर्वाधारको कमी, ब्याट्रीको उच्च लागत, दक्ष जनशक्तिको अभाव र पार्टस् पुर्जाको आयातमा निर्भरतालाई प्रमुख चुनौतीका रूपमा औँल्याएको छ । सरकारले जलविद्युत्को आन्तरिक खपत बढाउने उद्देश्यले विद्युतीय गाडीलाई प्राथमिकतामा राखेको छ ।

    ऊर्जा मन्त्रालयले तयार पारेको रणनीतिअनुसार पेट्रोलपम्पमा समेत चार्जिङ स्टेशन राख्ने र प्रमुख सहरमा विद्युतीय बस सञ्चालन गर्ने लक्ष्य  छ । सन् २०३० सम्म ९० प्रतिशत निजी गाडी विद्युतीय बनाउने र सन् २०४५ सम्म ‘नेट शून्य कार्बन’ उत्सर्जनको लक्ष्य हासिल गर्न विद्युतीय गाडीको विस्तार अपरिहार्य रहेको विज्ञहरू बताउँछन् । 

  • काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गरिने

    काठमाडौं । सरकारले काठमाडौंको स्यूचाटारमा एआई कम्प्यूट सेन्टर स्थापना गर्ने भएको छ । आगामी आर्थिक वर्षको

  • सरकारी सूचनामा निजी मिडिया बहिष्कृत: अब गोरखापत्र, रेडियो नेपाल र नेपाल टेलिभिजनमै मात्र प्रकाशन/प्रसारण

    काठमाडौं l सरकारले अबदेखि सार्वजनिक निकायका सबै सूचना तथा विज्ञापन सरकारी स्वामित्वका सञ्चार माध्यममार्फत मात्र

  • नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा चलाउन पाएसँगै यात्रुमा खुसी

    काठमाडौँ । सरकारले काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवा जडान गरेसँगै यात्रुमा खुसी छाएको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend