काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत–पाकिस्तानबीचको तनावपूर्ण अवस्थाका बेला सञ्चालन गरिएको अपरेशन सिन्दूर रोक्नका लागि विश्वका कुनै पनि नेताले आग्रह नगरेको स्पष्ट पारेका छन् ।
भारतीय संसदको लोकसभामा जारी मनसुन सत्रमा बोल्दै प्रधानमन्त्री मोदीले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई सिधै खारेज गरे । ट्रम्पले आफूले भारत–पाकिस्तानबीच युद्ध रोकाएको दाबी गरेका थिए, जसलाई भारतले पहिले नै अस्वीकार गरिसकेको हो ।
मोदीले भने, “दुनियाँको कुनै पनि नेताले भारतको अपरेशन रोक्न भनेका थिएनन् । ९ तारिखको रातमा अमेरिकाका उपराष्ट्रपतिले फोन गर्न खोजेका थिए, तर म सेनासँग मिटिंगमा थिएँ, फोन उठाउन सकिनँ । मैले भनेको थिएँ, यदि पाकिस्तानले हमला गर्यो भने त्यसको जवाफमा भारत अझ ठूलो कारबाही गर्नेछ ।”
मोदीको यो अभिव्यक्तिले भारतको आन्तरिक राजनीतिक बहसमा थप स्पष्टता ल्याएको छ भने ट्रम्पको पुरानो दाबीलाई पनि अन्तर्राष्ट्रिय रूपमा चुनौती दिएको छ ।