Logo

Sep 17 2026 | २०८३, असोज १गते

लोकप्रिय

लोकप्रिय

इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई : भारत १ सय २८ रनले पराजित


८, साउन २०८०
  • 148
    SHARES
  • इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तानलाई : भारत १ सय २८ रनले पराजित

    एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधि पाकिस्तान ‘ए’ टोलीले जितेको छ । हिजो भएको फाइनलमा भारत ‘ए’ १ सय २८ रनले पराजित भयो ।

    जितका लागि ३ सय ५३ रनको लक्ष्य पछ्याएको भारत ४० ओभरमा २ सय २४ रनमा अलआउट भयो । उसका अभिषेक शर्माले सर्वाधिक ६१ रन बनाए । कप्तान यश धुल ३९ रनमा आउट भए । पाकिस्तानका सुफियान मुकिमले सर्वाधिक ३ विकेट लिए ।

    अर्शद इकबाल, मोहम्मद वासिम जुनियर र मेहरान मुमताजले समान दुई विकेट लिए । त्यसअघि कोलम्बोमा टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५२ रन बनाएको थियो ।

    पाकिस्तानलाई च्याम्पियन बनाउन तयाब ताहिरले १ सय ८ रनको शतकीय पारी खेले । शहिबजादा फहरानले ६५ तथा सैइम अयुबले ५९ रन जोडे । भारतका राजवर्द्धन हगांगेकार र रियान परागले समान दुई विकेट लिए । हर्षित राना, मानव सुथार र निशान्त सिन्धुले समान एक विकेट लिए । समूह चरणमा भारतले पाकिस्तानलाई ८ विकेटले हराएको थियो।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend