Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान


१५, मंसिर २०८२
  • 82
    SHARES
  • विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

    काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय खेलमा शतक प्रहार गर्दै नयाँ कीर्तिमान बनाएका छन्। एक दिवसीय क्रिकेटमा ५२ औं शतक हिर्काउँदै उनले नयाँ कीर्तिमान बनाएका हुन्।

    अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सर्वाधिक शतक प्रहार गर्ने खेलाडीको रुपमा उनले नयाँ कीर्तिमान बनाएका हुन्। सचित तेन्दुलकरको नाममा रहेको कीर्तिमान तोडेर विराटले दुलर्भ कीर्तिमान बनाएका हुन्।

    यसअघि सचिनसँग बराबरी गरेका विराटले अब सचिनको कीर्तिमान भंग गरेका हुन्। यसअघि विश्व क्रिकेटमा सर्वाधिक शतकको कीर्तिमान भारतीय क्रिकेटका हस्ती सचिनको नाममा थियो।

    उनले एक दिवसीय खेलमा ५१ शतकको रेकर्डलाई बनाएका हुन्। कोहोलीले उक्त रेकर्डलाई अब भंग गरेका हुन। यो अन्तर्राष्ट्रिय क्रिकेटको कुनै पनि फरम्याटमा एउटै खेलाडीले बनाएको सर्वाधिक शतक हो।

    सचिनको रेकर्ड तोडेको खेलमा भारत १७ रनले विजयी भयो। सुरुमा ब्याटिङ गरेको भारतले ८ विकेटको क्षतिमा ३४९ रन बनाएको थियो। उसका लागि विराटले १२० बलको सामना गर्दै १३५ रन बनाए। यो खेलमा एक दिवसीय खेलमा सर्वाधिक ३५२ छक्का पूरा गर्दै रोहित शर्मालेसमेत नयाँ रेकर्ड बनाएका छन्।

    ३५० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४९ ओभर २ बलमा अलआउट हुँदा ३३२ रन बनाएको थियो। भारत १७ रनले विजयी भएको खेलमा विराटले १०२ बलमा कीर्तिमानी शतक पूरा गरेका थिए।

  • यामालको चमकमा बार्सिलोना ‘एक्सप्रेस’ : भ्यालेन्सियामाथि ५–० को शानदार जित, लगातार चौथो विजय

    काठमाडौं । क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा आफ्नो उत्कृष्ट लयलाई निरन्तरता दिँदै भ्यालेन्सियामाथि ५०

  • इंग्लिस प्रिमियर लिगमा आर्सनलकाे एस्टन भिल्लामाथि संघर्षपूर्ण जित

    काठमाडाैं।इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले एस्टन भिल्लालाई १-० गाेलले पराजित गरेकाे छ। भिल्लाको मैदानमा साेमबार राति

  • एक महिनाको तलब प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गर्ने कप्तान लामिछानेकाे घोषणा

    काठमाडाैं ।राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend