Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

कपिलवस्तुमा खुशी र उत्साहका साथ ईद-उल-फित्र पर्व मनाइयो


७, चैत २०८२
  • 453
    SHARES
  • कपिलवस्तुमा खुशी र उत्साहका साथ ईद-उल-फित्र पर्व मनाइयो

    कपिलवस्तु l इस्लामी पात्रो अनुसार दशौँ महिनाको पहिलो दिन ईद-उल-फित्र पर्व देशभरका मुसलमानहरूले उत्साहपूर्वक मनाएका छन्।

    कपिलवस्तुको कृष्णनगर, चन्द्रौटा, पकडी, तौलिहवा लगायतका क्षेत्रमा समुदायले नयाँ लुगा लगाई ईदको नमाज पढेका थिए र ठूला बडाबाट आशीर्वाद लिएका थिए।

    पर्वको विशेषताअनुसार मुसलमानहरूले आफन्त र साथीभाइसँग अंकमाल गरी आशीर्वाद आदानप्रदान गर्छन्। सेवइ, खजुर जस्ता मिठा परिकारहरूको आदानप्रदानका साथै गरिबलाई दान दिइने चलन यस पर्वको अर्को महत्वपूर्ण पक्ष हो।

    पेश इमाम हजरत मौलाना अली हसन निजामीका अनुसार, ‘कुरान’ अनुसार एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी गरिबलाई बाँडिने जकात पर्वका क्रममा वितरण गरिन्छ।

    मुस्लिम समुदायले एक महिना लामो रोजा सकाएपछि ईद मनाउँछन्। यस वर्ष मौसमका कारण नमाज जमा मस्जिदमा पढाइयो। सो अवसरमा नेपाली कांग्रेसका प्रदेश सभा सदस्य सुधाकर पाण्डे, कपिलवस्तु नगर प्रमुख सुदिप पौडेल र युवा नेता अनुप पाण्डेले मुस्लिम समुदायलाई अंकमाल गरी शुभकामना दिएका थिए।

    समाजसेवी मुमताज खाँले भने, “ईद-उल-फित्र संयमता, धैर्यता, विश्व शान्ति र भाइचाराको सन्देश दिने पर्व हो। यसले राष्ट्रिय एकता, आपसी मित्रता, सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई थप सुदृढ बनाओस्।”

    मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महम्मदीन अलीले भने, चन्द्रमा नदेखिएको कारण नेपालमा शनिबार पर्व परेको र सार्वजनिक बिदामा कुनै अन्यौल नराख्न आग्रह गरे। ईद पर्वले सामाजिक मेलमिलाप, सहिष्णुता र राष्ट्रिय समृद्धिका लागि एक सशक्त सन्देश दिएको छ।

  • भविष्य मालिका अनुसार कलियुगको अन्त्यतर्फ बढ्दै जाने आध्यात्मिक तथा खगोलीय परिवर्तनबारे चर्चा

    काठमाडौं । हिन्दू धार्मिक तथा आध्यात्मिक परम्परामा चर्चित भविष्य मालिकामा कलियुगको अन्त्यसँग सम्बन्धित विभिन्न खगोलीय,

  • तीजको रौनक सुरु, आज दर खाने दिन

    काठमाडौं । नेपाली महिलाको प्रमुख सांस्कृतिक पर्व हरितालिका (तीज) आजदेखि दर खाएसँगै औपचारिक रूपमा सुरु

  • प्राकृतिक विपत्तिमा ‘आत्मोद्धार’को संकल्प : देवीघाटमा लाखबत्ती प्रज्वलनसहित विशेष आध्यात्मिक अनुष्ठान

    त्रिशूली बाढीका दिवङ्गतप्रति श्रद्धाञ्जलि, पीडितको उद्धार र पुनःस्थापनाका लागि सरकार-समाजलाई सहकार्यको आह्वान काठमाडौं । त्रिशूली नदीमा

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend