Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

पाँच दिनका लागि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न ट्रम्पको निर्देशन


९, चैत २०८२
  • 127
    SHARES
  • पाँच दिनका लागि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न ट्रम्पको निर्देशन

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका पावर प्लान्ट र ऊर्जा पूर्वाधारहरूमा गर्ने भनिएका सबै प्रकारका सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिनुभएको छ । सामाजिक सञ्जाल ट्रुथमा लेख्दै ट्रम्ले अमेरिकी रक्षा मन्त्रालयलाई यस्तो निर्देशन दिएको जानकारी गराउनुभएको हो ।

    उहाँले इरानसँगको शत्रुतापूर्ण सम्बन्ध अन्त्य गर्ने विषयमा भएको पछिल्लो वार्ता अत्यन्तै सकारात्मक र उपलब्धिमूलक भएको दाबी गर्नुभएको छ । वितेका दुई दिनदेखि चलिरहेको छलफलपछि ट्रम्पले मध्यपूर्वमा चलिरहेको युद्ध र तनावको पूर्ण समाधानका लागि धेरै राम्रो कुराकानी भएको बताउनुभएको छ ।

    ट्रम्पले आक्रमण रोक्ने निर्णय वार्तालाई तार्किक निष्कर्षमा पुर्‍याउनका लागि लिइएको बताउनुभएको छ । इरान र अमेरिकाबीचको यो पछिल्लो संवादले मध्यपूर्वमा वर्षाैंदेखि चल्दै आएको सैन्य तनाव मत्थर हुने अपेक्षा गरिएको छ । 

    यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकसभामा विशेष सम्बोधन गर्दै मध्यपूर्वको तनाव तत्काल अन्त्य गर्न र संवाद–कूटनीतिबाट समाधान खोज्न आह्वान गर्नुभएको छ । नागरिक बस्ती तथा पावर प्लान्टमाथिको आक्रमण र स्ट्रेट अफ होर्मुजमा अवरोध अस्वीकार्य रहेको उहाँको भनाइ छ ।

    ऊर्जा सुरक्षाका लागि पेट्रोलियम आयात स्रोत २७ देशबाट बढाएर ४१ देश पुर्‍याइएको र रणनीतिक भण्डार ६५ लाख मेट्रिक टन पुर्‍याउने काम भइरहेको उहाँले जानकारी निुभयो । युद्धग्रस्त क्षेत्रबाट ३ लाख ७५ हजार भारतीय स्वदेश फर्किसकेका छन् । मध्यपूर्वमा तनाव शुरू भएपछि मोदीले पहिलोपल्ट सार्वजनिक अभिव्यक्ति दिनुभएको हो । 

  • विवाहको उपहार कि शक्तिको संकेत? ट्रम्प जुनियरको पार्टीमा रूसी धनको प्रवेशले उठायो गम्भीर प्रश्न

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका जेठा छोरा डोनाल्ड ट्रम्प जुनियरको विवाहपछिको भव्य समारोह अहिले

  • ब्रिक्स सम्मेलन सकेर चीन फर्किए राष्ट्रपति सी, मोदीसँगको भेटवार्ताले बढायो चासो

    नयाँ दिल्ली । भारतमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी भएका चिनियाँ राष्ट्रपति सी चिनफिङ

  • ब्रिक्स सम्मेलनमा मोदीको जोड : ‘एक देशको संकटले अब विश्वलाई प्रभावित पार्छ’

    नयाँ दिल्ली । १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी संकटको

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend