Logo

Sep 16 2026 | २०८३, भदौ ३१गते

लोकप्रिय

लोकप्रिय

झन्डै दुईतिहाइ बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै


१४, जेठ २०८३
  • 89
    SHARES
  • झन्डै दुईतिहाइ बहुमत पाएको सरकारले भोलि पहिलो बजेट ल्याउँदै

    काठमाण्डाै – सरकारले भोलि आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्दैछ । नवयुवा आन्दोलनपछिको चुनावमा झन्डै दुईतिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारको पहिलो बजेटप्रति सर्वसाधारणको विशेष चासो छ ।

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रास्वपाको वाचापत्रलाई आधार मानेर बजेट तर्जुमा गर्नुभएको छ । चालू आर्थिक वर्षको १९ खर्ब ६४ अर्ब रुपैयाँको तुलनामा यस पटक २ देखि ३ खर्ब धेरै अर्थात् केही महत्त्वाकाङ्क्षी कार्यक्रमसहितको बजेट आउने अपेक्षा छ । बजेटमा सुशासन, आर्थिक सुधार, रोजगारी, शिक्षा, स्वास्थ्य, प्रविधि र राज्य संरचना सुधारलाई मुख्य प्राथमिकतामा राखिँदैछ ।

    रास्वपाले १० वर्षभित्र नेपाललाई मध्यम आय भएको देश बनाउने, वार्षिक ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने र ७ वर्षभित्र अर्थतन्त्रलाई १०० अर्ब अमेरिकी डलर बराबरको बनाउने लक्ष्य राखिसकेकाले त्यहीअनुसार बजेट कार्यक्रम समेटिँदैछ ।

    स्रोतको चाप भएकाले सामाजिक सुरक्षा भत्ता नबढाइने भए पनि निजामती कर्मचारीको पारिश्रमिक वृद्धि र सबै सरकारी सेवा अनलाइन प्रणालीमार्फत उपलब्ध गराउने व्यवस्था बजेटमा समेटिँदैछ ।

    साथै भ्रष्टाचार नियन्त्रणका लागि गठित उच्चस्तरीय आयोगलाई पर्याप्त स्रोत उपलब्ध गराइने र कृषि, पर्यटन, ऊर्जा तथा सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका प्रमुख आधारका रूपमा प्रस्तुत गरिने बजेट निर्माणमा संलग्न अधिकारीहरूले जानकारी दिएका छन् ।

    यसैबीच सङ्घीय संसद् सचिवालयले बजेट पेश हुने भोलिको संयुक्त बैठकको तयारी पूरा गरेको छ । सिंहदरबारमा नयाँ र निर्माणाधीन संसद् भवनमा अहिले प्रतिनिधिसभाको बैठक सञ्चालन भइरहेको बहुउद्देश्यीय हलमा भोलि दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ । बैठकमा प्रतिनिधिसभा चुनावपछिको नयाँ सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गर्नुहुनेछ ।

    प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पौने ४ बजे नै उपस्थित हुन सूचित गरिएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले नयाँ भवनको प्रतिनिधिसभा कक्षमा संयुक्त बैठक चलाउने तयारी भए पनि अहिलेसम्म ‘फिनिसिङ’ कार्य पूरा नभएकाले बहुउद्देश्यीय हलबाटै बजेट प्रस्तुति हुन लागेको जानकारी दिनुभयो ।

  • सेयर बजारमा व्यक्तिगत लगानीकर्तालाई ठूलो राहत, पुँजीगत लाभकर आधा घट्यो

    काठमाडौं । सरकारले सेयर बजारमा व्यक्तिगत लगानीकर्ताले सेयर बिक्रीबाट प्राप्त गर्ने नाफामा लाग्ने अग्रिम पुँजीगत

  • अब एटीएमबाटै १०० रुपैयाँका नोट पाइने, दशैँमा बैंकको भीड घटाउने राष्ट्र बैंकको तयारी

    काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाका एटीएमबाट १०० रुपैयाँ दरका नोटसमेत निकाल्न सकिने भएको

  • आजको विदेशी मुद्रा विनिमयदर : डलर १५३ रुपैयाँ नाघ्यो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका

  • ताजा अपडेट

    हाम्रो बारेमा

    मिशन लुम्बिनी मिडिया प्रा.लि.

    सूचना विभाग दर्ता नंः

    ४०३७–२०७९/८०


    follow us
    हाम्रो टिम

    अध्यक्ष
    राम प्रसाद पाण्डे 

    प्रबन्ध संचालक 

    राम कुमार क्षेत्री

    सम्पादक 

    रमेश बस्नेत

    समाचार संयोजक
     टि.बि राना 

    संवाददाता

    अजय कार्की 

    व्यबस्थापक 

    शर्मिला खनाल 

    सम्पर्क

    Email: 

    missionlumbini@gmail.com

    कार्यालय.

    बुटवल, काठमाडौँ

    सम्पर्क नं.

    071-437272,9841219634


    © 2026 All right reserved to missionlumbini.com Site By : SobizTrend